सिरहा,सुखिपुर २३ गते । सुखिपुरमा ऋणीले लिएको पैसा र्फिता नगरेपछि साहु नागेश्वर चौधरी पिडित भई न्यायको लागी भौतारी रहेको छन ।

विभिन्न समयमा सिरहा जिल्ला सुखिपुर वडा नं.८ वस्ने सगीर नटले लिएको सात लाख रुपैया साँवा दिन नमानेपछि अहिले नागेश्वर चौधरीले पैसा दिलाई दिन सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

आज सिरहाको सुखिपुरमा पत्रकार सम्मेलनमा चौधरीले विभिन्न मितिमा सगीर नट भन्ने (रगीर नट)लाई विभिन्न समयमा लिएको सात लाँख रुपैया र्फिता नगरी उल्टै निज साहुको श्रीमती सुमिन्त्रा देवी चौधरीको नाममा श्रेष्ता कायम रहेको सिरहा जिल्ला सुखिपुर न.पा वडा नं.८ (क)को कित्ता नं.३६५१ को जम्मा क्षेत्रफल ३ कठाँ जग्गामा लगाईएको धान महिलाहरुको जमात ल्याई समेत काटी लगी आफु अन्यायमा परेको भन्दै न्यायको लागी सरोकारवालाहरुलाई आग्रह गरेका छन् । 

सुखिपुर नपा वडा नं. ८ का वडा अध्यक्ष किशोरी प्रसाद चौधरीले समेत सगीर नटले लिएको पैसा फिर्ता नगरेको हो हामीहरु पटक पटक भन्ने पनि सगीरले साँवा पनि दिन नमानेको बताएका छन् ।उहाँले भन्नु भयो पैसा सगीरलाई दिनु पर्छ ब्याज नदिएपनि साँवा सात लाख दिने सहमति जिल्ला प्रहरी कार्यालय सिरहामा भएका थिए तर सगीरले हाल सम्म कार्यान्वयनमा ल्याएका छैन ।

आज भएको पत्रकार सम्मेलनमा स्थानीहरु पनि सगीर नै दोषी रहेको बताउनु भयो उहाँलाई विभिन्न समयमा दिइएको सात लाँख रुपैया किन न दिने अहिले यो मिटर ब्याजीको कारण सबै हामी गरीब विपन्नलाई निकै समस्या भएको छ । सगीर नटले सावाँ पनि दिन नमानेपछि हामीहरुलाई कसैले ऋण दिन मानेको छैन ।हामी गरीब विपन्न कसरी आपत विपत परेको वेला समस्या समाधान गर्ने यो विषय प्रति सरोकारवालाको गम्भीर ध्यान दिई सगीरबाट साहुलाई साँबा दिलाउन पहल हुनु पर्यौ कानूनको दायरमा सगीरलाई लयाई कारवाही गर्नु पर्छ भन्ने स्थानियहरुले बताए ।

बारमबार सगीरले हामी माथी महिलाहरुलाई अभद्र ब्यवहार समेत गर्दै आएकोले  साहु चौधरीले बताए ।

यता सगीरले आफु सबै पैसा तिरि सकेको भन्दै जिकिर गर्दैछ तर आज सम्म पैसा नतिरेको वडाँ अध्यक्ष किशोरी प्रसाद चौधरीले बताएका हुन ।

साहु चौधरीले आफु अन्यायमा परेकोले न्यायको लागी सारोकारवालाहरु संग आग्रह गरेका छन् ।