सिरहा,पुष १६ गते । सिरहाको धनगढीबजारमा रहेको शर्मा टे«डसमा आज भएको आगलगीमा दुई करोड भन्दा बढीको क्षती भएको छ ।

मंगलबार साझ ७ बजे बन्द पसल भित्र आगो लागेको प्रत्यक्षर्दीहरुले पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई जानकारी दिए ।

पसलमा लागेको आगो १ घण्टा पछि ईलाका प्रहरी कार्यालय धनगढी र स्थानिय तथा गोलवजार र लहान न.पा.का बारुणयन्त्रका सहयोगमा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

पसलका संचालकका अनुसार हामी पसल बन्द गरी घरमा रहेको बेला कसरी आगो लागेको भन्न नसकने बताए ।

पसल संचालकका अनुसार ईलोक्टोनिक,मार्वल,ढोका,पेन्ट लागायतका  समानहर जलेर करिब २ करोेड बढीको क्षती भएको बताएका हुन ।