राजविराज, १८ असोज । श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले पत्रकार राजु विश्वकर्मासहित चार जनालाई सम्मान गरेको छ ।
संस्थाको २९ औं साधारणसभाको अवसर पत्रकार विश्वकर्मासहित सरस्वती सामुदायिक विकास मञ्च तेरहौता सप्तरीका अध्यक्ष दिलिप चौधरी, द फ्रिडक फण्डका कार्यक्रम व्यवस्थापक जिएम श्रेष्ठ र द फ्रिडक फण्डका सल्लाहकार ब्रहमदेव रामलाई सम्मान गरेको हो ।
सप्तरीको खडक नगरपालिकाको सभाहलमा शुक्रवार आयोजित साधारण सभा कार्यक्रममा मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले चारै जनालाई सम्मान गर्नुभयो ।
संस्थाको विकासमा बिशेष योगदान पु¥याए वापत चारै जनालाई सम्मान गरिएको संस्थाका टिम लिडर बिनोदानन्द चौधरीले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष चतुरनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री लेखीले सङ्घीय लोकतान्त्रिक व्यवस्थाका कारण छोटो समयको अवधीमा मुलुकमा थुप्रै विकास भएको दाबी गर्नुभयो ।
नेपाली जनताको ठुलो संघर्षबाट सङ्घीय लोकतान्त्रिक व्यवस्था आएको उल्लेख गर्नुहुँदै मन्त्री लेखीले सङ्घीय व्यवस्थाको बिरुद्धमा छिटफुट आवाजहरु सुनिने गरेकोले सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।
सङ्घीय व्यवस्थाले देशमा स्वास्थ्य शिक्षा, पुर्वाधार विकासमा छोटो समयमै आमूल परिवर्तन ल्याएको दाबी गर्नुहुँदै उहाँले सङ्घीयतालाई संस्थागत गर्न तथा थप अधिकार सुनिश्चितताका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
सामाजिक तथा आर्थिक रुपान्तरणमा श्रीपुर्राज संस्थाले पु¥याएको योगदान अविस्मरणीय रहेको चर्चा गर्नुहुँदै उहाँले उत्पीडित समुदायको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्य समिति सप्तरीका प्रमुख शिबनारायण साह, सुरुङ्गा नगरपालिकाका नगरप्रमुख गिता चौधरी, द फ्रिडम फण्डका सल्लाहकार ब्रहमदेव चौधरी, तत्कालिन कुशहा गाविसका अध्यक्ष देवानन्द चौधरी, पत्रकार राजु विश्वकर्मा, बृजमान तामाङ, राष्ट्रिय दलित नेटवर्कका प्रतिनिधि संजय महरा,नेपाल राम समाजका अध्यक्ष प्रथम लाल राम, हरवा चरवा अधिकार मञ्च सप्तरीका उपाध्यक्ष उमाकान्त सदा, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका पुर्व कर्मचारी प्रधानाध्यापक अशोक कुमार खंग, डाक्नेश्वरी नगरपालिकाका हरवा चरुवा सञ्जालका अध्यक्ष मधु सदा, सदस्य निर्मला कुमारी राम, हरवा चरवा सञ्जाल शम्भुनाथ नगरपालिका संयोजक युगेश्वर सदा, रुपनीकी रन्जना सदा, लगायतले बोल्नुभयो ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सदस्य लाल बहादुर चौधरीद्वारा सञ्चालित कार्यक्रममा संस्थाका सचिब सुनिल कुमार चौधरीले स्वागत गर्नुभयो ।




















