काठमाडौं, माघ २१ गते । संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गर्नुभएको छ ।

सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार (आज) सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गर्नुभएको हो ।

सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नुभएको छ । दैनिक नेपाल बाट