सिरहा,माघ ४ गते । सिरहा प्रहरीले अबैध रुपमा ल्याईएको दुई सय चार बोरा प्याज सहित ट्रक पक्राउ गरेको छ ।
धनगढीमाई नगरपालिका वडा नं.९ मुसहरनिया स्थित लोक मार्ग सडक खण्डमा लहानबाट
काठमाण्डौ तर्फ जादै गरेको प्र१–०२–००१ ख ९१६९ नं. को ट्रकमा अबैध प्याज लगि रहेको गोप्य सुचना ईलाका प्रहरी कार्यालय धनगढीले मंगलबार पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धनगढीका प्रहरी प्रमुख शारदा शंकर साहको कमाण्डमा खटिएको टोलीले उक्त ट्रक, २०४ बोरा प्याज सहित ट्रक चालक जिल्ला उदयपुर कटारी नगरपालिका वडा नं.५ बस्ने अं. बर्ष २६ को राजेश कटुवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाईएको ।
श्रोतका अनुसार सिरहा जिल्लाको विभिन्न नाका हुदै दिनहु हजारौ बोरा प्याज आउने गरेको बताए यो सेटिङ्ग नमिलेर मात्र पक्राउ परेको श्रोतको दाबी छ ।



















