राजविराज, २४ जेठ । थुप्रै ऐन कानुन बनेपनि कार्यान्वयन पक्ष फितलो हुदाँ समस्या अझै ज्यूँका त्यूँ रहेको दलित समुदायका अगुवाहरुले गुनासो गरेका छन् ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा आयोजित बुधवार सप्तरीको शम्भुनाथ नगरपालिकामा आयोजित दलित सशक्तीकरण ऐन तथा नियमावली सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रमका दलित अगुवाहरुले ऐन बनाउनु भन्दा बनेका ऐनहरुको प्रभाबकारी कार्यान्वयनमा जोड दिएका छन् ।
कार्यक्रममा पुर्व सांसद तथा दलित अगुवा असर्फी सदाले अहिलेसम्म दलित समुदायको हितका लागि थुप्रै ऐन कानुनहरु बनेपनि कार्यान्वयन गर्ने निकाय गम्भीर नहुदाँ समस्या दलित समुदाय अझै बिभेद र हिसांको सिकार भईरहेको बताउन्ुभयो ।
राज्यले ऐन कानुनहरु बनाउने तर कार्यान्वयन गर्ने राज्यका निकायहरु इमान्दारितापुर्व त्यसको कार्यान्वयनमा ध्यान नदिदाँ अझै दलित हरवा चरवाहरुले न्यायको अनुभूति गर्न नसकेको उहाँको भनाई थियो ।
राष्ट्रिय दलित आयोगका पुर्व सदस्य तथा दलित अगुवा बौवालाल शर्मा खत्वेले विभेदको अन्त्य नभएसम्म समतामुलक समाज बन्न नसक्ने बताउनुहुँदै बिभेद अन्त्यका लागि कानुन कार्यान्वयन गर्ने निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
दलित समुदाको अधिकार संविधानमा सुनिश्चित गरिएपनि त्यो व्वहारमा कार्यान्वयन भएको अनुभुति हुन नसकेको उल्लेख गर्नुहुँदै उहाँले पञ्चायतकालदेखि नै दलितको लागि ऐेन कानुन बनेपनि दलितहरुको अवस्थामा परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो ।
दलित अगुवा युक्तिलाल मरिकले बिभेद अन्त्यका लागि छ्ुवाछुत कसुर सजाय ऐन बनेपनि राजनीतिक संरक्षणका कारण दोषीहरु अझै कानुनी दायरामा आउन नसकेको गुनासो गर्नुहुँदै कहिले सडक बिस्तारको नाममा त कहिले अन्य बाहानामा दलित समुदायलाई उठिबास गर्ने कार्य भईरहेको आरोप लगाउनुभयो ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष चतुर नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरीले दलित समुदायका लागि दलित सशक्तीकरण ऐेन नगरपालिकाबाट तयार भईरहेको र ऐेन बनेपछि यसको कार्यान्वयनका लागि बजेट समेत विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पनि बुधवारै द फ्रिडम फण्डको सहयोग तथा श्रीपुर्राज सामुदायिक विकास केन्द्रको आयोजनामा दलित सशक्तीकरण ऐन तथा नियमावली सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।




















