राजविराज, २० भदौ । जनता समाजवादी पार्टीले आसन्न प्रदेशसभा निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर २ (क) बाट विद्यार्थी नेता किशोर कुमार यादव (केसी) को नाम सिफारिस गरेको छ ।
जसपा क्षेत्रीय समितिको बैठकले केसीसहित मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्य नेत्रबिक्रम साह, जसपा केन्द्रीय सदस्य अमरनाथ मण्डल, सत्यनारायण यादवको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय समितिबाट भएको सिफारिसको आधारमा जिल्ला समितिले समेत प्रदेश समितिलाई सिफारिस पठाईसकेको र अब सोही सिफारिसको आधारमा प्रदेश समितिले उम्मेदवार चयन गर्न केन्दीय कार्यकारिणीसमितिमा पठाउन जनाएको छ ।
क्षेत्रीय समिति र जिल्ला समितिबाट उम्मेदवारको रुपमा सिफारिस भएसँगै विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष समेत रहिसक्नु भएका विद्यार्थी नेता यादवले चुनाबी अभियान सुरु गर्ने तयारी गरेको छ ।
नेपाल सद्भावना पार्टीका संस्थापक स्व. गजेन्द्र नारायण सिंहको प्रेरणाबाट मधेशबादको राजनीतिमा सक्रिय रहँदै विद्यार्थी आन्दोलनसँगै मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका यादव पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बन्न लागेको हो ।
नेपाल सद्भावना पार्टीको विद्यार्थी संगठनदेखि जनता समाजवादी पार्टी निकट विद्यार्थी मञ्चको केन्द्रीय नेतृत्व गरिसक्नु भएका नेता यादव हाल जसपा नेपाल मधेस प्देश समितिका सदस्यस हुनुहुन्छ । उहाँ लामो समयदेखि मधेशी तथा उत्पीडित सम्ुदायको हकहितका लागि संघर्ष गर्दै आउनुभएको छ ।
पार्टीको क्षेत्री कमिटी उम्मेदवारको रुपमा सिफारिस गरेकोमा क्षेत्रीय कमिटीलाई धन्यावाद ज्ञापन गर्दै यादवले पार्टीले उम्मेदवार बनाए आफु चुनाब लड्न तयार रहेको बताउनुभयो । क्षेत्रीय समितिबाट सिफारिस भएका मध्ये आफु उम्मेदवारको लागि उपयुक्त रहेको र आफ्नो जित्ने थुप्रै आधार रहेकाले पार्टी उम्मेदवार बनाउनेमा विश्वस्त रहेको यादवको भनाई छ ।
लामो समयसम्म जनताको हक, अधिकार रक्षाका लागि अग्रपंक्तिमा बसेर काम गरेको, विद्यार्थी राजनीतिकबाट आएको, जनताको सुख र दुखमा साथ दिएको र मधेश आन्दोलनमा अग्रपंक्तिमा रहेर आन्दोलन गरेकाले जनताले आफ्नो पक्षमा मत दिने उहाँको विश्वास छ ।
बिभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल यादव सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टी निवासी यादव कुशल संगठक, बक्ता र नेताको रुपमा पहिचान बनाउन सफल भएको नेता हुनुहुन्छ । यादव मधेशी, आदिवासी जनजाति, थारु, मुश्लिम, महिला, दलितसहितका उत्पीडित समुदायको पहिचान र अधिकार सुनिश्चितताका लागि भएकोे संघर्षका क्रममा पटक–पटक प्रहरी गिरफ्तारीमा समेत पर्नुभएको थियो ।




















