गाेलपजार,भदौ १६ गते ।सिरहामा करेन्ट लागेर बिहीबार बाबु र छोराको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार गोलबजार नगरपालिका–६ का विजय साह र उनका छोरा १९ वर्षीय अमर साहको करेन्ट लागेर मृत्यु भएको हो।

घरनजिकैको इनारमा मोटर जोड्ने क्रममा विजय साहलाई करेन्ट लागेपछि उनलाई बचाउन पुगेका छोरा अमरलाई समेत करेन्ट लागेपछि दुवै घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि लहान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।