धनुषा,जेठ ७ गते । धनुषाको सबैला नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन् । माओवादीका कारीराम यादव मेयरमा निर्वाचित भएका छन् भने उपमेयरमा रहिमा खातुन निर्वाचित भएकी हुन् । निर्वाचित यादवले ४२१२ मत ल्याएर नेपाली काँग्रेसका प्रतिद्वन्द्वी उम्मेदवार जगतसुन्दर शाह मधुपले ४०७६ मत ल्याए ।
त्यस्तै उपमेयरमा निर्वाचित खातुनले ४६९९ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी किरणकुमारी कापरले ३६०४ मत ल्याइन् । उनलाई खातुनले १०९५ मतले पराजित गरेकी छन् ।
सो पालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयर पदका उम्मेदवार रहेका राजुप्रसाद गुप्ता मौन अवधिको समयमा एमालेका उम्मेदवारलाई समर्थन गर्दै पार्टी प्रवेश गरेका थिए । एमाले प्रवेश गरेका गुप्ताले भने १३९ मत प्राप्त गरेका छन् , यस्तै पराजित एमाले धनुषाका अध्यक्ष समेत रहेका राजकिशोर यादवले मेयर पदमा ३५८१ मत प्राप्त गरि तेश्रो स्थानमा छन् ।



















