सिरहा, कार्तिक ३० गते ।सृजना स्कूल तेक्वान्दो डोजाङ्गको आयोजनामा चौथो जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगिता २०७८ आज बाट सुरु भएको छ ।

सिरहाको गालवजारमा भईरहेको  तेक्वान्डो डोजाङ्ग प्रतियोगितामा जिल्लाका ६ डोजाङ्गबाट ७७ जना खेलाडिहरु सहभागिता रहेको आयोजक स्कूलका प्रमुख संगम तामाङ्गले जानकारी दिनुभयो ।

प्रतियोगितामा ३२ देखि ५२ केजी समुहका महिला र ३४ देखि ६२  केजी समूहका पुरुष खेलाडीहरुले सहभागिता जनाएको छ । 

प्रतियोगितामा १९ महिला र ५८ पुरुष रहेको सम्पूर्ण खेल आजै सम्पन्न हुने आयोजकले बताए ।गोलवजार नगरपालिकाका वाडा नं. ६ र मुक्ति नेपाल गालवजारको सहप्रायोजनमा खेल भईरहेको छ ।