सिरहा,असोज २ गते । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरू हुने सोह्र श्राद्ध अर्थात् पितृपक्ष बुधबारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरू हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो। पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ।चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा प
सिरहा,भदौ २९ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.५ स्थित श्री जनता माध्यमिक विद्यालय ९प्राविधिक धार० तिनकोनीमा ६० औं वाल दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा जनता माध्यमिक विद्यालय तिनकोनी प्रथम भएको छ । त्यसैगरी प्रतियोगितामा तु.स.डो.मा.वि. विष्णुपुर कट्टी दितीय स्थान हासिल गरेका थिए भने श्री जनता मा।वि। बेतहा भवानीपुर तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । विजयी हुनेहरुलाई आयोजकले शिल्ड प्रमाणपत्र तथा सहभागी विद्यालयका विद्यार्थीहरुलाई सान्त्वना पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि धनगढीमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिनारायण चौधरीले विज
सिरहा भदौ२९ गते । सिरहाको लहान ४ स्थित वेनिएन्जल सेकेन्ड्री वोर्डिङ्गस्कूलले ६० औं वाल दिवस भव्य रुपमा मनाएका छन् ।वालवालिकामा लगानी,सुरक्षित भविश्यको थालनी भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरि वालदिवस मनाएको हो ।प्रत्यके वर्षझै यस वर्ष भदौ २९ गते शनिवार पर्ने भएकाले एक दिन अगाडि शुक्रवार नै वाल दिवस मनाएको स्कूलका प्रनाध्यापक श्यामसुन्दर साहले जनाउनु भयो ।
सिरहा,भदौ २४ गते । ५८ औं साक्षरता दिवसको अवसरमा सखुवानन्कारकट्टी गाउँपालिका सिरहाले अन्तर मा.वि.स्तरीय वक्तृत्व कला प्रतियोगिताको आयोजना गर्दै धुमधामसँग मनाएका छन् ।बहुभाषिक शिक्षाको प्रवद्र्धन, पारस्पारीक समझदारी र शाान्तिको लागि साक्षरता भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिका अन्तर्गतका चार माध्यमिक सहित विस वटा विद्यालयको सहभागिता रहेको थियो । वक्तृत्वकला प्रतियोगितामा सहभागी मध्ये प्रथम, दितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गर्दै गाउँपालिका अध्यक्ष केदार प्रसाद यादवले गुणस्तरीय शिक्षाको लागि गाउँपालिकाले भरपूर सहयोग गर्ने वताउँदै सोही अनुसारको शिक्षकहरुले पनि आफ्नो
सिरहा,भदौ, २४ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत विभिन्न क्षेत्रमा कार्यक्रम संचालन गर्ने संघ संस्थाको काम प्रभावकारी नभएको भन्दै गाउँपालिकाले चासो व्यक्त गरेका छन् ।गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अन्तर्गत संचालित संघ संस्थाले गर्ने कार्यक्रमहरु विशेष गरी दोहोरो र प्रभावकारी नभएको भन्दै कार्यक्रम संचालन गर्दा गाउँपालिकाको सल्लाह बमोजिम गर्न आग्रह गरेका छन् । गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले गाउँपालिका अन्तर्गत संचालित गैर सरकारी संस्थाहरुको काम अपारदर्शी ढंगले गाउँपालिकामा संचालन भइरहेकोले गाउँपालिकाको जानकारी बेगर कसैले कुनै कार्यक्रम नगर्न आग्रह
सिरहा भदौ २० गते ।धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ। मावलीघरमा भोज खान गएका तीनजना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ तीनजना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए। मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन्।मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ। मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा हुन्।
बरियापट्टीमा एक पुरुको लाश फेलासिरहा भदौ १७ गते ।सिरहाको बरियारपट्टीमा एक पुरुको लास फेला परेको छ ।बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ दशगज्जा भन्दा २ सय मिटर उत्तरमा रहेको खेतको आलिमा बेवारिसे अवस्था एक पुरुषको लाश फेला परेको छ ।सशस्त्र प्रहरी बलको क्याम्प भन्दा अन्दाजी २ सय ५० मिनेट पुर्व रहेको लासको सनाखत भएको छैन । शवलाई पोष्टमाटमसका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको प्रहरीले जनाएको छ ।
सिरहा,भदौ १६ गते । सिरहाको गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ को नगरसभाले पारित गरेको मालपोत (कर) वृद्धिको विरोधमा नेकपा माओवादी केन्द्रले आज नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संघर्ष समितिका अध्यक्ष जीवन कुमार यादवले गोलबजार नगरपालिकाका नगर उपप्रमुख माल्ती साहलाई ज्ञापन पत्र बुझाउँदै जनतालाई ढाँड सेक्ने गरी बढाइको कर सात दिनभित्र फिर्ता नलिए चरणवद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् । नगर उपप्रमुख मालती साहले मालपोत कर र भूमि वर्गीकरणमा देखिएको समस्या चाँडै नै समाधान गरिने जानकारी दिनुभयो । गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ को लागि असार १० गते सम्पन्न नगरसभ
सिरहा,भदौ १० गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१० मा श्यापुर स्थित दिनेश कामती डेढ महिना देखि ढाँड भाचिएर ओछ्यानमै छटपटाई रहेको छन् । असारको २७ गते गोलवजार नगरपालिका नं. १२ वेतौना स्थित खानाको विषयमा विवाद हुँदा घरको छतबाट धकेलिदा कमतीको ढाँड भाचिएको छ ।ज्यला मजदुरी गरी जिवन यापन गरि रहेका उनी समान्य उपचार गराए पनि खर्चको आभावमा थला परेको हो ।महिनामा तीन पटक उपचार गराउन पर्दा नव्वे हजार खर्च लाग्ने गरेकाले ठेकेदार साहलाई भन्दा कुनै वास्ता नगरेको र भागिरहेकाले रुपैयाको अभावमा घरमै राखि समान्य मलहम पट्टी गरिहेको दुखेसो पोख्दै कामतीको श्रीमती अमिरका कामतीले बताईन । उनी थपदै भनिन प्रहरी
सिरहा,भदौ ७ गते । मधेश प्रदेश सरकारका मुख्य मन्त्री सतिष कुमार सिंह र नयाँ कमला पुल निर्माण संघर्ष समिति बीच चार बुँदे सहमती भए पछि हिजोदेखि बन्द रहेको सिरहा सदरमुकाम खुलेको छ । समिति र मुख्य मन्त्रीबीच भएको सहमती भएपछि नागरिक समाज सिरहाले गरेको कार्यक्रम स्थगित गरिएसँगै सिरहा सदरमुकाम पूर्ववत् रुपमा संचालनमा आएको छ । समिति र मुख्य मन्त्रीबीच नयाँ कमला निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेटका लागि संघ सरकारसँग पहल गर्ने नभएमा मधेश प्रदेश सरकारको श्रोतबाट व्यहोर्ने, २०८१।०८।०१ भिधमा पुल निर्माणको डीपीआर का तयारीका लागि बोलपत्र आव्हान गरिने, नयाँ कमला पुल निर्माण संघर्ष
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.