सिरहा,असोज १७ गते । आज दशैको पहिलो दिन घटस्थापना देशै भरी विभिन्न शक्तिपिठ र घरघरमा कलश स्थापना गर्दै छन् ।

कलश स्थापना गर्न सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१ मेदनीपुरको स्थित सरस्वती खोलामा जल भर्न श्रद्धालु भक्तजनहरु घुईचो लागेको छ ।

आज देखि विधिवत रुपमा दश दिन सम्म पुजाआर्चना गरी मनाउनको लागी  देवीको कलश स्थापनाको लागी लहान नगरपालिका र धनगढीमाई नगरपालिकाको विभिन्न वाडा तथा गााउँबाट जल भर्न खोलामा घुईचो लागेको थियो ।

बाजागाजा सहित भजन किर्तन गर्दै सयौको हराहारीमा करिव दश भन्दा बढी कलश यात्रीहरु जल भर्न सरस्वती खोलामा जल भरी शक्ति पिठ तथा पुजा कोठा कलश स्थापना गरेका थिए ।