सिरहा,असोज १५ गते । जिल्ला सम्वय समितिका सभापति दिनेश महतोले घर परिवार, कार्यालय वा संघ संस्थाहरुले आ आफ्नो लेखाजोखा राख्दैन तवसम्म त्यो राम्रोसंग चल्न र पत्याउन नसकिने जनाउनुभएको छ ।
सिरहाको लहानमा अवस्थित दलित जनकल्याण युवा क्लवको १८ औं वार्षिक समाजिक लेखाजोखा कार्यक्रम उहाँले सो कुरा वताउनुभएको हो । सभापति महतोले संस्थाको मुख्य कुरा भनेको पारदर्शिता हो जुन संस्थामा पारदर्शिता छैन त्यो संस्थाको दीगोपना नहुने वताउँदै संघ संस्थाको सामाजिक लेखाजोखा सार्वजनिक गर्नु नै मुख्य कुरा भएको उल्लेख गर्नुभयो ।
धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले आफ्नो नगर क्षेत्रभित्र पाँच वटा वडामा कार्यक्रम संचालन निष्पक्ष तरिकाले गरेको समाजिक लेखाजोखा जनाउनु अफैमा ठूलो महत्व राखेको बताउनु भयो ।
संस्थाले दलित तथा अति विपन्न समुदायका लागि शिक्षा, स्वास्थ्य, सरसफाई, उद्यम शिलता, खानेपानी, आत्मनिर्भता लगायत क्षेत्रमा लहान नगरपालिका, धनगढीमाई नगरपालिका, लक्ष्मिपुर पतारी गाउँपालिका, सखुवान्नकारकट्टी गाउँपालिका र बरियारपट्टी गाउँपालिकामा काम गर्दै आएका छन् ।
संस्थामा विभिन्न शिर्षकको लागि हालसम्म दातृ निकायबाट प्राप्त छ करोड अठार लाख तीन हजार छ सय सत्तासी रुपैया मध्ये छ करोड एघार लाख दश हजार सात सय चौहत्तर रुपैया खर्च भएको संस्थाका लेखापाल मान बहादुर आलेमगरले सार्वजानिक गर्नु भएको थियो ।
कार्यक्रमा धनगढीमाई नगरपालिकाका उप प्रमुख संगिता कुमारी चौधरी, बरियारपट्टी गाउँपालिकाका उप प्रमुख ममता यादव, औरही गाउँपालिकका उप प्रमुख रेणु यादव, लहान नगरपालिका वडा नं. १२ का बद्री चौधरी वडा नं.२२ का श्याम कुमार अधिकारी, गैरसरकारी संस्थाका सिरहा जिल्ला अध्यक्ष गोविन्द विष्ट, वाटर एडबाट कविन्द्र पुडासैनी लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, अधिकारकर्मी, समाजसेवी लगायतले शुभकामना दिएका थिए ।
संचरकर्मी मणिलाल विश्वकर्माले संचालन गरेको कार्याक्रमको अध्यक्षता क्लवका अध्यक्ष उमेश विसुन्केले गर्नुभएको थियो ।