सिरहा १५ गते । असोज ११ र १२ गतेको अविरल वर्षाले सिरहा पनि अछुतो रहेन । सिरहा जिल्लामा भौतिक एवम् मानवीय क्षति नभए पनि नदीको वरपर सयौं विघा खेती योग्य जग्गा कटान गरिदिंदा किसानहरुलाई चिन्तामा डुबाएको छ भने नदीहरुको बाँध भत्काउँदा गाउँ नै बगाउने हो कि भन्ने त्रसदी पनि उत्तिकै छ ।
सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदिमा असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीले त्यस क्षेत्र वरपर सयौं विघा खेती योग्य जग्गा कटान गरिदिंदा त्यस भेगका किसानहरु चिन्तित मात्र छैनन गाउँनै बगाउँला भन्ने त्रासदी पनि उत्तिकै छ ।
बाढीले लहान नगरपालिका वडा नं. २३ तिलेबोनामा मात्र १० विघा खेती योग्य जग्गासँगै लगाइएको आँपको बगान समेत बगाएको छ । नदीले अहिले पनि कटान गरी गाउँ नजिक पुगिसकेकोले यसलाई तत्कालै नियन्त्रण गर्ने काम नभए दक्षिणी भेगका सखुवानान्कारकट्टी र भगवानपुर गाउँपालिका समेत प्रभावित हुन सक्ने स्थानीय वताउँछन् ।
जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिरहाका डिभिजन प्रमुख हसमत अन्सारीका अनुसार नदी नियन्त्रणको लागि यथेष्ट बजेट अभावमा चाहे जति काम गर्न नसकिएको वताउनुभयो ।
नदीबाट हुने कटानलाई रोक्न इमरजेन्सी वोर्कको खाँचो छ नभए नदीको वहावले नदीको बाँध भत्काए खेती योग्य जग्गा कटान त गर्छन् नै त्यस वरपरका दर्जनौ गाउँ डुबानसँगै ठूलो जनधनको क्षति हुने उत्तिकै संभावना रहेकोे वताइएको छ ।