सिरहा असोज ८ गते । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति, पारिवारिक सुख शान्ति तथा समृद्धिका लागि मनाइने जितिया पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ ।

मिथिलाञ्चलमा नहाय खाय ९नुहाएर खानु० पछि सोमबारदेखि सुरु भएको छ भने मंगलबार र बुधबार साँझसम्म निरहार, निर्जल बसी उपवास गर्नेछन् । मिथिलाञ्चलभर आज ओँगठन, असोज ८ गते मंगलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत विधिवत रुपमा सुरु भएको छ ।

तिथिको हेरफेरअनुसार यसपाली मिथिलामा आज नहा खा ९नुहाएर खाने० विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मंगलबार बिहान ४ बजेदेखि मंगलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छभने बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चांगमा उल्लेख रहेको छ । व्रत ९उपवास० बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवंगत पितृलाई चिउरा, दही, अमोट ९आँपको रसबाट तयार हुने खाद्य पदार्थ० र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्छ ।

त्यसैगरी मंगलबार बिहान ४ बजेदेखि उपवास बसी निराहार, निर्जल व्रत बसेर बुधबार साँझ ५ः१५ बजेपछि व्रत सम्पन्न गर्नेछन् । हजारौँको संख्यामा व्रतालुहरुले नजिकको पवित्र सरोवर, नदी र जलाशयमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । व्रत बस्नु अघि व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र खरीसहित तेलले बनाइएका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ– आफ्ना शाखासन्तानलाई पनि प्रसादस्वरुप तेल लगाइदिने चलन छ ।

व्रतको पहिलो दिन पूजाआजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा ९कोदो ०’ भनिन्छ । त्यस्तै धार्मिक विधिअनुसार मंगलबार एकाबिहानै काग कराउनुभन्दा पहिल्यै नै व्रती महिलाहरु ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओँठमा लगाउनुपर्छ । प्रायः जसो महिलाहरुले ओंगठनमा च्यूरा, दही खाने गरेको पाइन्छ । त्यसपछि निष्ठा, नियम, निर्जल र निरहार उपवासको क्रम मंगलबार बिहानदेखि बुधबार साँझसम्म बस्नुपर्छ ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको छ । राजा शालिवहानको राज्यमा एउटी महिलाका सातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक मान्यता रहेको छ ।

जितवाहन कथा

नर्मदा नदीको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो । उक्त ठाउँमा राजा मलायकेतुले राज गर्थे । खोलाको पश्चिमी किनारमा बलुहटा नाम गरेको एउटा मरुभूमि पनि थियो । त्यही किनारमा एउटा पाखरको रूख थियो, जसमा पोथी चिल बस्थी भने रूखमुनि पोथी स्याल बस्थी । एक दिन जंगलका अरूलेजस्तै उनीहरूले पनि भगवान् जीतबाहन गोँसाईको निर्जला व्रत बस्ने निर्णय गरे । तर, सोही दिन उनीहरू बस्ने मरुभूमिको छेउमा रहेको शहरको धनी व्यापारीको मरेको छोरालाई ल्याएर त्यसै ठाउँमा गाडिदिन्छ ।

चिलले अरूले जस्तै व्रत कायम राखे पनि पोथी स्यालले भने व्रतलाई कायम राख्न सकिन र गाडेको लासको मासु खाएर व्रत भंग गरी । अर्को जन्ममा चिल र स्याल एउटै घरमा ब्राह्मण परिवारमा दिदी–बहिनी भएर जन्मिन्छन् । शिलवती नामकी ब्राह्मण कन्याको रूपमा चिलले जन्म लिन्छे भने कपुरवतीको रूपमा स्यालले जन्म लिन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसँग अनि बहिनी कपुरवतीको राजा मलायकेतुसँग विवाह हुन्छ । शिलवतीका सात जना सुन्दर पुत्र हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु हुन्छ ।

शिलवतीका छोराहरूले राजा मलायाकेतुकोमा काम गर्न थाल्छन् । ती केटाहरू आफ्नी दिदीका पुत्रहरू भएको थाहा पाएपछि स्यालबाट शिलवती बनेकी बहिनी कपुरवती रिसले चुर हुन्छिन् । राजालाई भनेर ती सातै जना शिलवतीका पुत्रहरूको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदीकोमा पठाउने षड्यन्त्र गर्छिन् । तर, यो कुरा भगवान् जीतबहान गोँसाईले थाहा पाएपछि सातै जना छोरालाई बचाउँछन् ।

ती सात जना पुत्रहरूलाई अमृत दिएर अमर बनाउँदै उनीहरूको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिदिन्छन् । यसरी रातो कपडाले बेरिएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफूलले भरिपूर्ण उपहारको रूपमा परिणत हुन्छ । हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरूको मृत्युले रुवाबासी भइरहेको होला भन्ने अनुमान गरी एक सेविकालाई बुझ्न पठाउँछिन् । तर, शिलवतीको घरमा हर्ष, उल्लास र खुसियाली छाएको सन्देशयुक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात् कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवान्को कृपा छ भन्ने सोच्छन् ।

दिदीको खुसी सहन नसकेर अब कपुरवती दिदीको घर पुग्छिन् र सम्पूर्ण कुरा भन्छिन् । यसो भन्दै गर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आउँछ, जतिबेला उनले चिलको रूपमा भए पनि भगवान् जीतबाहनको व्रत बसेकी थिइन् । शिलावतीले पूर्वजन्मको घटना कपुरवतीलाई सुनाउँदै व्रत भंग गरेका कारण छोरा जीवित नरहेको जानकारी गराइन् । यसै बेलादेखि श्रद्धापूर्वक आमाहरूले छोराछोरीको रक्षाका लागि जितिया पर्वमा व्रतको परंपरा थालेको मान्यता रहिआएको छ ।