सिरहा,असोज १७ गते । सिरहाको सुखिपुर नगरपालिका वडा नं. १० ललसैहिया स्थित डिहि दुर्गा मन्दिरमा कलश यात्रा सम्पन्न भएको छ ।
विजया दश्मीको पहिलो दिन घटस्थापनाको अवसरमा धर्महरु आस्थाको प्रतिक भएकाले दुर्गा भगवती मन्दिरलाई पर्यापर्यटन विकासका लागी प्रदेश सरकारको माध्यमले मन्दिरलाई सौन्दर्यको लागी रंगरोग,टायल्स र लाईट लगाउने मधेश प्रदेशको समानुपातिक सांसद सहिवा खातुनले बताउनु भयो ।
गागन नदीमा कलश यात्रीले जल भरी दुर्गा भगवतीको परिसरमा श्रद्धालुहरुले कलश व्यवस्थान गरेका छ ।
दशैमा वर्षेनी घटस्थापनाको दिन कलश यात्रा निकालि भगवतीको मन्दिरमा कलश स्थापित गरी भव्य रुपमा पुजाअर्चना गर्ने गरेको छ ।
जन समुदायबाट चन्दा संकलन गरी दुर्गामाता सहितको प्रतिमा निमार्ण गरी भब्यताका साथ मिथला नाचगान,झिझिया लगायतका मनोरञ्जनहरुको आयोजना गर्ने गरेको छ ।
उक्त कलश शोभा यात्रामा हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागीता रहेको थियो ।