राजविराज, १३ असोज । हरवा चरवा मुक्तिको घोषणा कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । दलित समाज उत्थान समिति नेपाल जनकपुरधामले बिहीवार सप्तरीको शम्भुनाथ नगरपालिका ७ मा आयोजना गरेको दलित श्रम पीडितहरुको लागि वकालत र जिविकोपार्जन कार्यक्रम कार्यान्वयन गर्न सहयोग परियोजना अन्तर्गत अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले घोषणा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय हरवा चरवा मञ्चका अध्यक्ष दशन मण्डलले सरकारले गत २०७९ साउन २ गते मै हरवा चरवा मुक्तिको घोषणा गरेपनि अझै कार्यान्वयन हुन सकेको गुनासो गर्दै मंसिर ४ गतेको निर्वाचन पछि आन्दोलनमा जाने चेता
काठमाडौं ,असोज १४ । ४ मंसिरको निर्वाचनबाट चुनिने प्रतिनिधिसभाको नयाँ बैठक सिंहदरबारस्थित नयाँ भवनमा बस्न नपाउने भएको छ ।संघीय संसद सचिवालयका अनुसार निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजनिक गरेपछि बल्ल बैठकको तयारी सुरु हुन्छ ।२०७४ मा मंसिरमा चुनाव भएपनि फागुनमा मात्र बैठक बसेको थियो । ऐन कानुन आदिको तयारी गर्नुपर्ने भएकाले त्यसबेला ढिला भएको भन्दै संसद सचिवालयका एक अधिकारी भन्छन्, ‘अहिले चुनाव भएको एक डेढ महिनामा बैठक बस्न सक्छ ।’तर त्यो बेलासम्म सिंहदरबारमा संघीय संसदको नयाँ भवन तयार हुने छैन । संघीय संसदको भवन बनाउन १६ असोज २०७६ मा ६ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का लागेको थ
सिरहा,असोज १३ गते । यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र लिन मात्र ७० प्रतिशत ल्यएपछि ट्राइल पास हुने व्यवस्था गरिएको छ । मोटरसाइकल,स्कुटर,कार,जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखितमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्यएपछि पास हुने व्यवस्था गरिएको हो ।गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने व्यक्तिहरूको लर्को थियो । ट्रायलमा कति फेल त कति पास भइरहेको थियो । तर, कार्यालयले ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि पहिलेको तुलनामा पासको हुनेको संख्यामा धेरै वृद्धि भएको यातायात व्यवस्था कार्यालय ला
काठमाडौं, आश्विन १२ गते । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले गुणस्तरीय कानुन निर्माण गर्ने काममा आफ्ना पनि कमीहरू रहेको स्वीकार गर्नु भएको छ ।सभामुख सापकोटाले रचनात्मक र सृजनात्मक ढङ्गले आफ्नै क्षमताको समेत भरपुर उपयोग गरेर गुणस्तरीय कानुन निर्माण गर्न नसकिएको बताउनुभएको हो ।सभामुख सापकोटाले भन्नुभयो, ‘‘गुणस्तरीय कानुन निर्माण गर्ने कुरामा हाम्रो मिहिनेत पनि कम छ । हामीले गुणस्तरीय कानुन निर्माण गर्ने कुरालाई गहिरो गरी आत्मसात् गर्न सकेका छैनौँ । प्रयत्न गरेको हो । मेरो हकमा पनि त्यो लागू हुन्छ कि रचनात्मक र सृजनात्मक काम गर्ने मेरो आफ्नै क्षमताको पनि परख गर्ने वातावरण बनेन । अन्तिम अ
राजविराज, २९ भदौ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार सप्तरीको बोदे बसाईन नगरपालिका र रुपनी गाउँपालिकामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले बोदे बसाईनमा आयोजित चित्रकला प्रतियोगितामा मावि नेगडाका शिबम कुमार पासवान प्रथम, मावि मानराजाका चन्दन कुमार राम, हैठी विद्यालयका सवनम कुमारी चौधरी तृतिय भएको जनाएको छ । श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सदस्य लालबहादुर चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि बोदे बसाईन नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मजेबुल रहमानले विद्यार्थीलाई पुरस्कार तथा प्
काठमाडौँ, भदौ २४ गते । नेपाली सेनाले चार हजार जना जवान भर्नाका लागि आवेदन खुल्ला गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशित गरी नेपाली सेनाको श्री सेना भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले उक्त पदका लागि आवेदन माग गरेको हो । माग गरिएका कोटामध्ये सैन्य परिवारका लागि २००, खुल्लामा दुई हजार ८८, महिलामा ३३०, आदिवासी जनजातिमा ५५०, मधेसी ४८०, दलित २५२ र पिछडिएको क्षेत्रबाट ८० जना छ । २०७९ असोज ३० गते भित्र भर्नाका लागि आवेदन दर्ता गरिसक्नुपर्ने सेनाले उल्लेख गरेको छ । भर्नाका लागि पुरुषको हकमा उचाइ ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा ३४ इन्च र तौल ५० कि
काठमडौँ । नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै ४४ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९÷८० को बजेट पेस गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा मधेश प्रदेशमा ३३, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २ वटा रहेका छन् ।नियममा स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेश गरिसक्नु पर्ने व्यवस्था रहेको छ । तर केही स्थानीय तहले भने अटेरी गरी बजेट नै पेश नगरी बसेका छन् ।बजेट पेश नगर्ने मधेश प्रदेशका स्थानीय तहमा कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, विष्णुपुर गाउँपा
ढल्केबर – धनुषास्थित मिथिला नगरपालिकाका जग्गाधनीले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन् । जग्गाधनीहरूले थाहै नदिई विद्युत् प्रसारण लाइन निर्माण गर्न थालेको भन्दै निर्माण कार्य रोकेका हुन् । जग्गाधनीसँग कुनै सहमति नै नगरी डोजर ल्याएर जग खन्न थालेपछि निर्माण कार्यमा रोक लगाएको मिथिला नगरपालिका–६, ढल्केबरका नितान्त कार्कीले बताउनुभयो । “हाम्रो जग्गा अधिग्रहण गरिए नगरिएको केही थाहा छैन, मुआब्जा कति पाउने नपाउने त्यो पनि थाहा छैन । एक्कासि डोजर ल्याएर खाल्डो खन्न थालियो,” उहाँले भन्नुभयो । “पछि बुझ्दै जाँदा यसअघिका जनप्रतिनिधिले न्यून मूल्याङ्कन राख
सिरहा,भदौ २२ गते । नेपाल सरकारले आफै सवारी साधनको इन्स्योरेन्स हुनुपर्ने नेपालको कानूनी प्रावधानलाई उलंघन गरी महिनौ देखि जयनगर कुर्था रेल नियमित रुपमा संचालन हुँदै आएको तथ्य सार्वजनिक भएको छ । ठूला साना सवारी साधनको नामसारी तथा नवीकरण गराउँदा समेत ईन्सोरेन्स अनिवार्य रहेको तर भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलो मिटर दूरीमा दैनिक दुई पटक संचालन हुँदै आएको दुई वटा रेल बिना इन्स्योरेन्स संचालन भइरहेको छ । गत चैत २० गतेदेखि एक पटकमा हजारभन्दा बढी यात्रु लिएर हिड्ने दुई वटा रेलको अहिले सम्म बिना इन्स्योरेन्स नियमित रुपमा संचालन हुँदै आएको छ । नेपाल रेल्वे विभागका इन्जिनियर तथा काजमा नेपाल
काठमाण्डौ, भदौ १६ गते ।राष्ठ्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गरिएको छ।बैठकमा ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनःविचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७६ सम्बन्धी प्रतिवेदन सभासमक्ष पेश गरेका हुन्।बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन र मुल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयाङ्कन समितिको वार्षिक प्रतिवेदन २
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.