राजविराज, २९ भदौ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार सप्तरीको बोदे बसाईन नगरपालिका र रुपनी गाउँपालिकामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले बोदे बसाईनमा आयोजित चित्रकला प्रतियोगितामा मावि नेगडाका शिबम कुमार पासवान प्रथम, मावि मानराजाका चन्दन कुमार राम, हैठी विद्यालयका सवनम कुमारी चौधरी तृतिय भएको जनाएको छ ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सदस्य लालबहादुर चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि बोदे बसाईन नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मजेबुल रहमानले विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयो ।
श्री नटाई श्रद्धा आधारभूत विद्यार्थी जाँजरमा आयोजित चित्रकला प्रतियोगिता बोदे बसाईन नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुको सहभागिता रहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता सञ्जीब कुमार यादवले जानकारी दिनुभयो ।
यस्तै बाल दिवसकै अवसरमा सप्तरीको रुपनी गाउँपालिकमा पनि चित्रकला तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
पालिका स्तरीय चित्रकला तर्फबाट कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु र वक्तृत्वकला तर्फबाट कक्षा ४ र ५ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।




















