सिरहा,कार्तिक १२ गते । सिरहा प्रहरीले भन्सार छली गरी ल्याउदै गरेको १४ पोका कपडा सहित गाडी र चालक पक्राउ गरको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाबाट बिशेष सुचना तथा निर्देशनमा ईलाका प्रहरी कार्यालय धनगढीले उक्त परिमाणको कपडा ,पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिईएको छ ।ईलाका प्रहरी कार्यालय धनगढीको अगाडीबाट पश्चिम तर्फ आउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालयको बिशेष सुचनाको अधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।अबैध रुपमा भन्सार छली गरी ल्याउदै गरेको विशेष सुचनाको अधारमा ज.१च.१९३० नंम्वरको गाडी सहित १४ पोका कपडा सहित एक जना चालकलाई पक्राउ गरेको छ ।सो सम्वन्धि आवश्यक अनुसन्
बारा, कात्तिक १२ गते । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र सोनलले सङ्घीयतालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । परवानीपुर गाउँपालिका–२ रामपुर टोकनी लोसपा वडा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सङ्घीयतालाई सबल तुल्याउनुपर्ने बताउनुभयो । सङ्घीयता लागु भएसँगै तीनै तहका सरकारले विकासका आयाम बढाएको उल्लेख गर्दै उपाध्यक्ष सोनलले विकास निर्माणका कामले गति लिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँदेखि जिल्ला सदरमुकामसम्म जोड्ने पक्की बाटो निर्माण भएको छ । पुलपुलेसा, कलभर्ट, अस्पताल, विद्यालय, मठमन्दिर निर्माण भएका
ढल्केवर, कात्तिक ११ गते । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । शनिबार मध्याह्न १२ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ७९ प ४७५५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ज २ प ८३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।ठक्करबाट बा ७९ प ४७५५ नम्बरको मोटरसाइकलका चालक मिथिला नगरपालिका–१, लक्ष्मिनिवासका २८ वर्षीय राकेश राउतको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते भएका राउतको जनकपुरस्थित काव्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सोही मोटर
काठमाण्डौ,कार्तिक १० गते । थारु आयोगले कम्लहरी मुक्तिको एक दशक बितिसक्दा पनि उनीहरुको आवश्यकता सम्बोधन हुन नसकेको भन्दै उनीहरुलाई व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ ।कम्लहरी प्रथा उन्मूलनको १० वर्ष बितिसक्दा पनि अधिकांशले परिचयपत्र पाउन नसकेको, अभिभावक विहीन कम्लहरी अलपत्र परेको, हिंसा पीडितहरुले न्याय पाउन नसकेको भन्दै थारु आयोगले सरकारलाई ५ बुँदे सिफारिस गरेको छ ।‘थारू समुदायमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी हटाई मर्यादित जीवन व्यतित गर्न सक्ने बनाउनु आवश्यक छ,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘संघ, प्रदेश र स्थानीय तहले थारूमैत्री बजेटको अवधारणालाई आत्मसात गर्न आवश्यक छ ।’आयोगले दुई साताअ
काठमाण्डौ कार्तिक १० गते । जासुसी गरेको आरोपमा पक्राउ परेका आठ भारतीय नागरीकलाई कतारमा फाँसीको सजाय सुनाएको छ ।भारतको जल सेनाका अवकाशप्राप्त अधिकारीहरु रहेका भारतीय नागरीकहरु २०२२ सेप्टम्वरमा ईराकलाई संवेदनशील सुचनाहरु दिएको आरोपमा पक्राउ परेका थिए ।भारत सरकार स्तव्ध हुदै उनीहरुलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको छ ।भारतको विदेश मन्त्रालय द्वारा जारी विज्ञप्तिमा भनेको छ, ‘हामी फाँसी दिने फैसलाबाट सतब्ध छौं र विस्तृत फैसला कुरिरहेका छौं ।’हामीसँग शुरुआती जानकारी छ कि कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ ।
सप्तरी,कात्तिक ७ गते । कारागार प्रशासन कार्यालय सप्तरीमा रहेका चारसय ३८ कैदीवन्दीहरु प्रमुख जिल्ला अधिकारी किरण थापाको हातबाट मंगलवार टीका तथा जमरा ग्रहण गर्नुभएको छ । विभिन्न अपराधमा संलग्न वा आरोपको कारण परिवारबाट टाढिएका कैदीहरूको आचरण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन दुर्गामाताले कृपा गरून् भन्दै प्रजिअ थापाले आशीर्वाद दिनुभयो । विजयादशमीमा मानवीय संवेदनालाई उजागर गरी आफूभित्रका विकारलाई मानिसले फालेर समाजमा हुने अपराधको ठाउँमा प्रेम र सदभाव कायम गर्न उहाँले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी थापाले कैदीवन्दीलाई टीका जमरा अर्पण गर्दै दशैको शुभकामना दिनुभएको सप्तरी कारागार प्र
राजविराज, कात्तिक ७ गते । विजयादशमीको दिन मङ्गलबार एकाबिहानै शुभ मानिने नीलकण्ठ पंक्षीको सर्वसाधारणले दर्शन गरेका छन् । ठूलो मान्यजनबाट जमरा लगाएर टीका ग्रहण गर्नु शुभ मानिन्छ । हिन्दु धर्मालम्बीहरुको महान् पर्व बडादसैंको विजयादशमीका दिन घरमा भएका ठूलो मान्यजनबाट आशिषसाथ जमरा र टीका ग्रहण गर्ने प्रचलन छ । व्यक्तिगत, पेशागत एवं पारिवारिक सुख, शान्ति एवं समृद्धि हुने विश्वासका साथ जमरा र टीका लगाएका हुन् । बिहान नुहाइधुवाई गरी नयाँ वा सफा लुगामा टीका र जमरा लगाएका छन् । आफन्तजनसँगै केहीले मन्दिरमा पनि टीका र जमरा ग्रहण गरेको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महानन्द ठाकुरले बताउनुभयो
जनकपुरधाम,कात्तिक ७ गते । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १५ हजार २ सय ५१ बोकाको बली प्रदान गरिएको छ । अष्टमीको राति ८ बजेर २० मिनेटमा सुरु भएको बोका बलि कार्यक्रम सोमबार बिहान ४ बजे ५ मिनेट सम्म चलेको थियो ।अष्टमीको साँझ राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय सङ्ख्यामा स्वयंसेवक परिचालन गरेका थिए । जनकपुरधाम गुठी संस्थानले बलि प्रदानका लागि प्रतिबोका २ सय रुपैयाँका दरले लिएको थियो ।
लहान, कात्तिक ५ गते । मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल लहानमा दाताको नामसमेत थप्ने निर्णय गरेपछि लहानका बासिन्दा खुसी भएका छन् । मधेश प्रदेश मन्त्रीपरिषद्ले दाताको नामसमेत राखेर अस्पतालको नामकरण गर्ने निर्णय शुक्रबार गरेको थियो । दाता परिवारकै नाम रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई मधेश प्रदेश सरकारले २०७८ साल चैतमा प्रादेशिक अस्पताल लहान नामकरण गरेपछि दाता शारडा र मुरारका परिवार रुष्ट भएका थिए । दाता परिवारको नाम हटाउन नहुने भन्दै लहानमा यसको विरोध भएको थियो । त्यसपछि विभिन्न राजनीतिक दल, नागरिक अगुवा तथा जनप्रतिनिधिहरूले दाताको नाम थपेर अस्पतालको पुनः नामकरण हुनुपर्ने मागस
रौतहट,कात्तिक ५ गते । रौतहटमा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।शनिबार दिउँसो २ बजे चन्द्रपुर नगरपालिका वडा नं. ५ राजपेडस्थित जंगलमा घाँस काट्न गएका तीन जना महिलामाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दामोदर केसीले जानकारी दिए।आक्रमणबाट सोही ठाउँकी ५४ वर्षीया अधनया देवी र पनावती कुमारी चौधरी घाइते भएका थिए। उनीहरू सामान्य घाइते भएका थिए। तर मनिया देवी कुमर फेला परेकी थिइनन्। हात्तीको आक्रमण पछि बेपत्ता भएकी मनिया देवीकी नेपाली सेना, नेपाल प्रहरी, डिभिजन वन कार्यालय चन्द्रपुरको संयुक्त टोलीले खोजी गरेको थियो। खोजी गर्ने क्रममा आइतबार बिहान साढे ७ बजे
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.