काठमाण्डौ कार्तिक १० गते  । जासुसी गरेको आरोपमा पक्राउ परेका आठ भारतीय नागरीकलाई कतारमा फाँसीको सजाय सुनाएको छ ।

भारतको जल सेनाका अवकाशप्राप्त अधिकारीहरु रहेका भारतीय नागरीकहरु २०२२ सेप्टम्वरमा ईराकलाई संवेदनशील सुचनाहरु दिएको आरोपमा  पक्राउ परेका थिए ।

भारत सरकार स्तव्ध हुदै उनीहरुलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको छ ।

भारतको विदेश मन्त्रालय द्वारा  जारी विज्ञप्तिमा भनेको छ, ‘हामी फाँसी दिने फैसलाबाट सतब्ध छौं र विस्तृत फैसला कुरिरहेका छौं ।’हामीसँग शुरुआती जानकारी छ कि कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ । 

भारतीय विदेश मन्त्रालयले अहिले उक्त मुद्दामा कुनै टिप्पणी गर्न नमिल्ने भन्दै विज्ञप्तिमा थप लेखिएको छ, ‘हामी सजाय सुनाईएका परिवारका सदस्यहरु र कानुनी टिमसँग सम्पर्कमा छौं । हामीले यो घटनालाई सर्वोच्च प्राथमिकताका साथ हेरिरहेका छौं र यो कुरालाई कतारको प्रशासनसमक्ष राख्ने छौं ।’