रौतहट,कात्तिक ५ गते । रौतहटमा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।

शनिबार दिउँसो २ बजे चन्द्रपुर नगरपालिका वडा नं. ५ राजपेडस्थित जंगलमा घाँस काट्न गएका तीन जना महिलामाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दामोदर केसीले जानकारी दिए।

आक्रमणबाट सोही ठाउँकी ५४ वर्षीया अधनया देवी र पनावती कुमारी चौधरी घाइते भएका थिए। उनीहरू सामान्य घाइते भएका थिए। तर मनिया देवी कुमर फेला परेकी थिइनन्। 

हात्तीको आक्रमण पछि बेपत्ता भएकी मनिया देवीकी नेपाली सेना, नेपाल प्रहरी, डिभिजन वन कार्यालय चन्द्रपुरको संयुक्त टोलीले खोजी गरेको थियो। 

खोजी गर्ने क्रममा आइतबार बिहान साढे ७ बजे जंगलमा मनिया देवीको शव फेला परेको डिभिजनल वन अधिकृत शैलेन्द्र कुमार मिश्रले बताउनु भयो ।

शव पोष्टमर्टमको लागि गौरस्थित प्रादेशिक अस्पतालमा पठाएको प्रहरीले जनाएको छ।