X wada

मुख्य समाचार

    Showing ४११-४२० of २,९६८ items.
  • जितु चौधरीको रहस्यमय मृत्यु, प्रहरीले जाहेरी लिएन

    सिराहा,पुस २३ गते । सिरहाको लाहान नगरपालिका वडा न.१५ शोभापुर बस्ने जितेन्द्र चौधरीको गोलबजार नगरपालिका वडा नं. ६ कृष्ण मन्दिर स्थित मृत्यु भएको करीव एक महिना हुन लागे पनि गोलवजार प्रहरीले जाहेरी मलिन मानेका छैनन् । जितु भनेर चिनिने जितेन्द्र चौधरी मंसिर २९ गते झुन्डिएको अवस्थामा गोलबजारमा फेला परेको थियो।मृतकको अवस्था शंकास्पद रहेको भन्दै मृतक परिवारले किटानी जाहेरी दिएका थिए तर गोलबजार प्रहरीले जाहेरी दर्ता गर्न नमानेका हो्ु।आईतवार दिउँसो एक पत्रकार सम्मेलन गरि पीडित पक्षले बिज्ञप्ति जारी गरेका छन् । बिज्ञप्तिमा लेखिएको चौधरीको छोरा जिल्ला सिरहा लहान नगर पालिका वडा नं.१५ शोभापुर टोल

    • प्रकाशित मितिः पुस २३, २०८०
    • ६८३ पटक पढिएको
  • अज्ञात रोगले आलु सखाप

    सिरहा,पुस २१ गते । फल्नै लागेको आलु खेतीमा आलुलाई माटो खाने अज्ञात रोगका कारण आलुमा प्वालै प्वाल भएपछि आलु खेती गरेका सिरहाका किसानहरु चिन्तित बनेका छन् । यसपालि शित लहरबाट आलु खेती गरेका किसानहरु जोगिए पनि समयमै रोगको पहिचान गर्न नसक्दा फल्ने लागेको आलुमा रोग लागेर सखाप भएपछि किसानहरु निराश भएका हुन् । सत्रह वटा स्थानीय तह रहेको सिरहा जिल्लाको सबै स्थानीय तहमा कृषि शाखा रहेको छ । कृषि शाखामा रहेको विशेषज्ञहरुको काम उदासिनताको कारण किसानहरुले लगाएको वालीमा रोगको पहिचान समेत गर्न सकेको छैन । कृषि विशेषज्ञहरुले समयमै रोग किराको पहिचान नगरिदिंदा दुःख गरेर लगाएको वालीको उत्पादनमा ह्रास आ

    • प्रकाशित मितिः पुस २१, २०८०
    • ३०६ पटक पढिएको
  • मृत्यु खबरले परिवार स्तब्ध, शव ल्याउनमा सहयोगको अपिल

    सिरहा,पुस २१ गते । भारतको पंजावस्थित सेलर मिलमा काम गरिरहेको अवस्थामा सिरहाको बरियारपट्टि गाउँपालिका वडा नं. ३ नवटोलीका पंचा कामतको मृत्यु खबरले उनका परिवार स्तब्ध बनेका छन् ।मृत्युको कारण हालसम्म नखुले पनि आर्थिक विपन्नताका कारण भारतबाट लास ल्याउने बारेमा उनका परिवार चिन्तित बनेका हुन् । मृतक कामतका छोरा नथुनी कामतले विहान बेलुका छाक टार्न मुश्किल भइरहेको बेला बुवाको लाश कसरी ल्याउने भन्ने आफू चिन्तामा परेका वताए । उनले स्थानीय सरकारसँगै सहयोगी हातहरुलाई बुवाको लाश ल्याउनमा सहयोग गरी दिन सबैमा अपिल समेत गरेका छन् ।चार छोरी र एक छोरा रहेका कामत परिवारको गुजाराको लागि पाँच महिना अघि ठेकेदारको म

    • प्रकाशित मितिः पुस २१, २०८०
    • ४३२ पटक पढिएको
  • २४ घण्टाका लागि निषेधाज्ञा जारी

    सर्लाही, पुस २१ गते । सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) बिहान ८ बजेदेखि भोली (आइतबार) बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासनले यसअघि शुक्रबार बेलुका ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जा

    • प्रकाशित मितिः पुस २१, २०८०
    • २१३ पटक पढिएको
  • नगरपालिकाले बुझाए कृषि विद्युत महशुलको रकम

    सिरहा,पुस १९ गते । गोलबजार नगरपालिकाले नगर क्षेत्रभित्रका वडा नं. २ देखि १३ वडासम्मका एक हजार दुई सय ३५ किसानले प्रयोग गरेको करिव आठ लाख रकम कृषि विद्युत महशुल विद्युत प्राधिकरण मिर्चैैया वितरण केन्द्रलाई बुझाएको छ ।नगर प्रमुख श्याम कुमार श्रेष्ठले आज एक समारोहका बीच  नेपाल विद्युत प्राधिकरण मिर्चैयाका वितरण केन्द्रका प्रमुख मनोज कुमार शर्मालाई पहिलो किस्ताको सात लाख ९७ हजार छ सय ४५ रुपैयाँको चेक हस्तान्तान्तरण गरेका हुन् ।भुक्तानी भएको रकम साउन देखि अहिलेसम्मको भएको नगरप्रमुख श्रेष्ठले वताउनुभयो । उहाँले किसानहरुको महसुल नगरपालिकाले तिरिसकेपछि विद्युत चुहावट पनि कम हुने र किसानहरुलाई पनि

    • प्रकाशित मितिः पुस १९, २०८०
    • ५९२ पटक पढिएको
  • विविध कार्यक्रम गरी एपिएफ स्कुलले मनायो तेश्रो स्थापना दिवस

    राजविराज, १६ पुस । सप्तरीको शम्भुनाथ नगरपालिका ११ लहरिनयास्थित नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुलले विविध कार्यक्रम गरी आफ्नो तेश्रो स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ ।  विद्यालय प्राङ्गणमा आयोजित मूल समारोहको एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाहले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले शिक्षामा गरिएको लगानी नै वास्तविक लगानी भएको दाबी गर्नुहुँदै शिक्षामा गरिने लगानी परिवार, समाज र राष्ट्रको हितमा हुने बताउनुभयो । स्थापनाको छोटो अवधीमा विद

    • प्रकाशित मितिः पुस १८, २०८०
    • ६४९ पटक पढिएको
  • वडा अध्यक्ष पक्राउको विरोद्धमा सडक जाम

    सिरहा,पुस १४ गते । कर्जनहा नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष फनिन्द्र प्रसाद पोखरेल  लाई डिभिजन वन कार्यालय लहान सिरहाले पक्रउ गरेको विरुद्धमा  स्थानीवासी सडक जाम गर्नुको साथै वन्दीपुरमा रहेको कार्यालयमा तालावन्दी समेत गरेका छन् ।उनीहरुले वडा अध्यक्षलाई विना शर्त रिहाईको माग गर्दै पूर्वश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत वन्दीपुरमा  गरेको सडक जामका कारण सयौं सवारी साधन विचबाटोमै अलपत्र परेका छन् ।स्थानीय ईन्द्रेश राउतका अनुसार डिभिजन वन कार्यालय लहान सिरहाले निजी जग्गाको पुरानो पोखरी सरसफाईको सिफारीस गरेकै भरमा वडा अध्यक्षलाई पक्राउ गरेकाले आफुहरु विना शर्त रिहाईको माग गर्दै सडक

    • प्रकाशित मितिः पुस १४, २०८०
    • ७७६ पटक पढिएको
  • मन्त्रीको गाडीमा आगजनी प्रहरी बेखवर

    काठमाडौं,  पुस १३ गते । संघीय मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर ललितपुरको बालकुमारीमा आगजनी गरेको छ ।रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन  गरीरहेको प्रदर्शनकारीले आगजानी गरेको हो । सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका छन् । ललितपुरको बालकुमारीमा भेला भएका युवाले सडक अबरुद्ध गरेर तोडफोड गर्दा समेत प्रहरी र ट्राफिक प्रहरी कार्यालयको उपस्थिति देखिएको छैन ।अहिले प्रहरी टोली त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जनाउनु भयो ।उपत्यका ट्राफिक प्रहरी कार्यालय

    • प्रकाशित मितिः पुस १३, २०८०
    • ३२७ पटक पढिएको
  • माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी

    सिरहा,पुस १२ गते । हरवा चरवा अधिकार मञ्चले आफ्ना मागलाई सम्बोधन नगरे तीन तहकै सरकारविरुद्ध आन्दोलन छेड्ने चेतावनी दिएको छ । आज सिरहाको लहानमा आयोजित एक कार्यक्रममा हरुवा चरुवा मञ्चले भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा दिने सरकारले निर्णय गरे पनि निर्णय हालसम्म क्रियान्वयन नभएकाले आन्दोलनको विकल्प नरहेको वताएका हुन् ।संघ, प्रदेश र स्थानीय तह तीन तहकै सरकार हरुवा चरुवाको समस्या समाधान गर्नुको सट्टो विकासको नाममा गरिव विपन्न एवम् हरुवा चरुवालाई उठिवास गराइरहेकाले अब चुप लागेर नबस्ने उनीहरुले उल्लेख गरेका छन् । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले हरुवा चरुवाको माग जायज

    • प्रकाशित मितिः पुस १२, २०८०
    • २७१ पटक पढिएको
  • मिथिला चित्रकला र खानाको परिकारलाई संरक्षण गर्न प्रयास गरिने : पर्यटनमन्त्री यादव

    बद्री नारायण यादवसिरहा,९ पुस । पहिचान, लोक गाथा र स्वास्थ्यसँग जोडिएका मिथिला चित्रकला तथा मिथिलाको खानपानलाई जोगाउन भरपुर प्रयास गरिने उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले बताइन् । सौर्य सिमेन्ट मिथिला लोक चित्रकला प्रतियोगीता २०८० को पुरस्कार वितरण समारोहमा त्यस्तो कुरा बताएकी छन् ।मिथिला लोक चित्रकला र मिथिलाको मौलिकतासँग जोडिएका खानपानका परिकारलाई संरक्षण, व्यवस्थापन तथा व्यहारिक प्रयोग संगै बजारिकरण गर्न मधेश प्रदेश सरकारले बजेट छुट्याएको  पर्यटनमन्त्री यादवले जनाइन् । आउने केही महिनाभित्र त्यस्ता कार्यको थालनी गरिने उनले थपिन् ।‘दैनिक मजदुरी गर्नेहरुको कामलाई समाजले कतिपय

    • प्रकाशित मितिः पुस ९, २०८०
    • १,०७२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२