X wada

मुख्य समाचार

    Showing ३९१-४०० of २,९६८ items.
  • मधेश प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता

    सिरहा,माघ १२ गते । सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्मल लामा कभर्ड हलमा आजदेखि प्रथम धनगढीमाई मधेश प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ ।आज एक कार्यक्रमका बीच उद्घाटन भएको खेललाई सम्बोधन गर्नुहुँदै नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले खेलको माध्यमबाट स्वास्थ्यको लाभसँगै राष्ट्रलाई पनि चिनाउने अवसर प्रदान गर्ने भएकाले यसलाई जगेर्ना  गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका नगर उप प्रमुख संगीता चौधरीले स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद नारा दिएर शुरु भएको खेल निष्पक्ष एवम् मर्यादित ढंगले संचालन गर्न आयोजकलाई आग्रह गर्नुभयो ।धनगढीमाई नगरप

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ३०९ पटक पढिएको
  • लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव हुने

    अनुभक्त चौधरीसिरहा,माघ,११ गते । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यले सिरहाको लहानमा लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० आयोजना हुने भएको छ ।जिल्ला उद्योग वाणिज्य संघ सिरहा मुख्य आयोजक र लहान नगरपालिका संरक्षक  रहेको उक्त महोत्सव चैत्र २९ गतेदेखि वैशाख ९ गतेसम्म आयोजना हुनेछ । महोत्सवमा नेपाल लगायत छिमेकी राष्ट्रहरुको लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेटघाट भेला गराई सर सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी गराइने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । ११ दिनसम्म चल्ने महोत्सवमा नेपालका घरेलु साना, मझौला तथा

    • प्रकाशित मितिः माघ ११, २०८०
    • १,१९० पटक पढिएको
  • ९९ प्रतिशत ऋण असुली

    सिरहा,माघ १० गते ।आर्थिक मन्दी भइरहेको बेला पनि सिरहा स्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सुखीपुर शाखाले ९९ प्रतिशत ऋण असुली गरेको तथ्यांक सार्वजनिक गरेको छ । आज शाखाले आयोजना गरेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सव कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेका हुन् ।वार्षिकोत्सवको कार्यक्रममा सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादवले यस भेगमा स्थानीयलाई बैंकिंग सेवा दिएर अतुलनीय काम गरेको वताउँदै बैंकले सेवाग्राहीहरुलाई अझ मित्रवत् व्यवहार गर्नुपर्ने वताउनुभयो । कर्जा लगानीमा व्यवसाय, धितो र व्यक्तिगत चरित्रलाई हेरेर बैंकले ऋण प्रवाह गरेको कारण सो आकडाको ऋण असुली भएको

    • प्रकाशित मितिः माघ १०, २०८०
    • ६०४ पटक पढिएको
  • सम्पर्कविहीन नेपाल प्रहरीलाई,हाजिर हुन ताकेता

    काठमाण्डौ,माघ १० गते । नेपाल प्रहरीका विभिन्न पोष्टमा कार्यरत २४ जना कर्मचारी लामो समयदेखि हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन ताकेता गरेको छ ।प्रहरी प्रधान कार्यालयले हाजिरी हुन ताकेता गरेकाहरू भदौदेखि नै सम्पर्कमा नरहेकासम्म छन् । सल्यानका विनोद बिक गत भदौ २४ गतेदेखि नै हाजिरी भएका छैनन् ।सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक (असइ), २ जना सहायक हवल्दार र बाँकी जवानहरू रहेका छन् ।गैरहाजिर भएका २४ जनालाई नै सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनिएको छ । यो अवधिमा नआए सेवाबाट हटाउने प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।

    • प्रकाशित मितिः माघ १०, २०८०
    • २६० पटक पढिएको
  • विदेश जान ट्राभल एडभाइजरीसँगै आजदेखि नयाँ नियम

    काठमाण्डौ,माघ १० गते । भिजिट भिसामा विदेश जान आजदेखि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागु गरको छ ।भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि विभागले ट्राभल एडभाइजरीसँगै  नयाँ नियम लागू गरेको हो ।भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी ९पासपोर्ट० हुनुपर्ने गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने  गृह मन्त्रालय मातहतको अध्यागमन विभागले

    • प्रकाशित मितिः माघ १०, २०८०
    • २१५ पटक पढिएको
  • बायोमेट्रिक्स दिनु पर्ने झन्झट समाप्त हुने

    काठमाडौँ, माघ ९ गते । परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ । उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुने छ । यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबिच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार

    • प्रकाशित मितिः माघ ९, २०८०
    • ७०१ पटक पढिएको
  • आयुर्वेदको उपयोग गर्न सकेनौं

    काठमाण्डौ,माघ ९ गते । विश्वको ९० भन्दा बढी मुलुकमा प्रचलित उपचार पद्धति हो आयुर्वेद । खासगरी दक्षिण र उत्तर अमेरिका, अर्जेन्टिना, जर्मनी, युक्रेन लगायत मुलुकमा आयुर्वेदिक उपचार अपनाएको पाइन्छ ।विडम्बना, जुन आयुर्वेदका लागि उद्गम भूमिमा भने यसको महत्व बुझिएको छैन । हाम्रो यही भूगोल हो, जहाँ आयुर्वेदको खोज, अध्ययन र अभ्यास भए । हामीकहाँ करिब १० हजार वर्षभन्दा लामो इतिहास बोकेको छ आयुर्वेदिक उपचारले ।यसै सन्दर्भमा आयुर्वेदमा केन्द्रित रहेर योग तथा जीवनशैली प्रशिक्षक डा.राजु अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :आयुर्वेद के हो ?आयु र वेद दुई शब्दको समिश्रण हो आयुर्वेद । जसको अर्थ हो, शरी

    • प्रकाशित मितिः माघ ९, २०८०
    • २,११६ पटक पढिएको
  • लागुऔषध सहित यादव पक्राउ

    सिरहा,माघ ९ गते । सिरहाको सिमावर्ती क्षेत्रबाट लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवान्नकारकट्टी गाउँपालिका ४ का रुपेश यादव रहेको छ ।ईलाका प्रहरी कार्यालय महेसवारी बाट खटिएको टोलिले यादवलाई पक्राउ गरेको हो । सखुवामा यादवले प्रहरीलाई देख्दा भागिरहेको अवस्थामा पक्राउ गरिएको महेसवारी प्रहरीले जनाउनु भयो ।यादवलाई हिरासतमा राखी  थप अनुसन्धान भईरहेको प्रहरीले उल्लेख गर्नु भयो । 

    • प्रकाशित मितिः माघ ९, २०८०
    • ३६९ पटक पढिएको
  • नासु गुप्तालाई ५ वर्ष कैद

    काठमाण्डौ,माघ ९ गते । मालपोत कार्यालय, पर्सामा हुँदा मालपोत कार्यालयको राजस्व रकम हिनामिना गरेको आरोपमा विशेष अदालतले मालपोत कार्यालयका नासु मदनप्रसाद गुप्तालाई ५ वर्ष कैद सजाय सुनाएको छ ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले  सात वटा भ्रष्टाचार मुद्दा खेपेका नासु गुप्ता लाई कैद सजाय तोकेको हो । त्यसतै अर्का आरोपित नगेन्द्र प्रसाद चौधरीलाई ४ वर्ष कैद सजाय सुनाइएको छ ।मालपोत कार्यालयको राजस्व रकम हिनामिना गरेको आरोपमा दुवै जनाबाट ४७ लाख ५४ हजार रुपैयाँ भराउने र त्यसको दोब्बर अर्थात ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश पनि गरेको

    • प्रकाशित मितिः माघ ९, २०८०
    • ३६७ पटक पढिएको
  • पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु

    राजविराज, ९ माघ । पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवले आजदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गर्नुभएको छ ।  सप्तरीको समग्र विकासमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका लागि सबै पक्षलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ पुर्वमन्त्री यादवले सो अभियानको सुरुवात गर्नुभएको हो । राजविराजस्थित सवर्गीय गजेपुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरुन्द्र नारायण सिंह र साकेतचन्द्र मिश्रको शालिकमा माल्यार्पण गरी सप्तरी स्वाभिमान यात्राको सुरुवात गर्नुहुँदै उहाँले दलिय भावनाबाट माथि उठेर सप्तरीको समग्र विकासका लागि अभियान भएकाले यसमा सबैको साथ सहयोग रहन

    • प्रकाशित मितिः माघ ९, २०८०
    • १४५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२