अनुभक्त चौधरी

सिरहा,माघ,११ गते । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यले सिरहाको लहानमा लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० आयोजना हुने भएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ सिरहा मुख्य आयोजक र लहान नगरपालिका संरक्षक  रहेको उक्त महोत्सव चैत्र २९ गतेदेखि वैशाख ९ गतेसम्म आयोजना हुनेछ । महोत्सवमा नेपाल लगायत छिमेकी राष्ट्रहरुको लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेटघाट भेला गराई सर सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी गराइने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । 

Lahan Expo 5

११ दिनसम्म चल्ने महोत्सवमा नेपालका घरेलु साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिज जन्य, कृषिजन्य र अन्य उत्पादन समेत गरी करिव १५० स्टलहरु रहने जनाइएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने महोत्सव तथा प्रदर्शनीले उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध गाँसी, औद्योगिक तथा व्यापारिक चहल पहल बढ्ने जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास शारडाले जानकारी दिनुभयो ।

एक करोड २० लाख रुपैयाँ खर्च हुने उक्त महोत्सवको लागि लहान नगरपालिकाले ५० लाख दिने घोषणा गरेको छ भने अन्य विभिन्न दातृ निकायबाट खर्च जुटाइने आयोजकले जानकारी दिएका छन् । 

दुई लाख दर्शकहरु अवलोकन गर्ने महोत्सवमा करिव १५ करोडको कारोवार हुने आयोजकले अपेक्षा गरिएको छ । महोत्सवमा विभिन्न मनोरन्जनात्मक तथा विविध सांस्कृतिक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ ।

महोत्सवलाई सफल्ता पूर्वक सम्पन्न गर्न उद्योगपति,व्यापारी,स्थानिय निकाय, प्रहरी प्रसाहन तथा समस्त आम नागरीकलाई आग्रह गरेको छ ।

Lahan Expo3