सिरहा,माघ १२ गते । सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्मल लामा कभर्ड हलमा आजदेखि प्रथम धनगढीमाई मधेश प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ ।

आज एक कार्यक्रमका बीच उद्घाटन भएको खेललाई सम्बोधन गर्नुहुँदै नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले खेलको माध्यमबाट स्वास्थ्यको लाभसँगै राष्ट्रलाई पनि चिनाउने अवसर प्रदान गर्ने भएकाले यसलाई जगेर्ना  गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

C0227T01

नगरपालिकाका नगर उप प्रमुख संगीता चौधरीले स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद नारा दिएर शुरु भएको खेल निष्पक्ष एवम् मर्यादित ढंगले संचालन गर्न आयोजकलाई आग्रह गर्नुभयो ।

धनगढीमाई नगरपालिका प्रायोजनमा नगर स्तरीय तेक्वान्दो विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा मधेश प्रदेशका आठ वटै जिल्ला र एउटा आयोजक टीम गरी ९ वटा टीमले प्रतिस्पर्धा गर्दैछ । 

C0231T01

प्रतियोगितामा पुरुषतर्फ २४ के.जी. देखि ६३ किलो तौलसम्म र महिला तर्फ ३० के.जी. ५४ के.जी. तौलसम्मले प्रतियोगितामा भाग लिने आयोजकले जानकारी दिएका छन् । त्यसबेला यस भेगमा खेलमा ख्याति प्राप्त व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ । 

भोलिसम्म खेलाइने खेलका विजेताहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

vlcsnap-2024-01-26-17h56m01s783 2C0215T01C0219T01