X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing ७३१-७४० of ८९३ items.
  • घुस रकम सहित वाडा सचिव पक्रउ

    बारा,माघ २० गते ।  बाराको कोल्हवी नगरपालिका वाडा नं. ११ को वाडा सचिव लाई घुस रकम सहित पक्रउ गरेको छ । कोलहवी नगरपालिकाका वाडा सचिव विनोद प्रसाद साहलाई जग्गा नाम सारी सिफरिस गर्दा सेवाग्राहीसँग तीन हजार पाँच सय लिसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाबाट खटीएको टोलिले पक्रउ गरेको हो ।सेवाग्राहीले दिएको सूचनाको आधारममा उक्त घुसबापत‍्को रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३४ पटक पढिएको
  • एमसीसीमा सभामुखको सक्रियता ? क्षेत्राधिकार बाहिरको छटपटी

    सिरहा,माघ २० गते –  अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक रुपमा अगाडि बढाउन खोजेका छन् । प्रधानमन्त्रीको यो कदमले देशको राजनीति तरंगित छ । यो तरंग सभामुखको कुर्सीसम्म पुगेको छ । सभामुख सहमत नभएसम्म एमसीसी संसदमा टेबल हुन सक्दैन । त्यसैले एमसीसीको भविष्यमा सभामुख अग्नि सापकोटाले के निर्णय लिन्छन् भन्ने चासो छ ।एमसीसीलाई संसदबाट अगाडि बढाउन प्रधानमन्त्री देउवा आक्रामक रुपमा अघि बढेपछि सभामुख सापकोटाले पनि आफ्नो सक्रियता ह्वात्तै बढाएका छन् । सभामुखको सचिवालयका अनुसार उनी पछिल्लो समय विभिन्न राजनीतिक दलका नेता, विशेष

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १४१ पटक पढिएको
  • सामुदायिक भवन बन्ने भएपछि स्थानीयमा खुशीयाली

    अनुभक्त चौधरीसिरह,माघ २० गते । सिरहाको लहान नगरपालिका वडा नं. ११ पडरिया थारु टोलमा वर्षौदेखि लोहवरिया ट्रष्टको नाममा रहेको खालि जग्गामा प्रदेश सरकारको सहयोगमा भवन बने पछि उक्त टोलका स्थानीयहरु खुसी भएका छन् । प्रदेश नं. २ अन्तर्गत लहान क बाट निर्वाचित भएका सांसद लगन लाल चौधरीको संसदीय विकास कोषबाट १७ लाखको लागतमा भवन बन्न थालेपछि सामाजिक कामको लागि अन्यत्र ठाउँको खोजी गर्नुपर्ने वाध्यता हट्ने आकलन स्थानीयले गरेका छन् ।   भवन अभावमा यसअघि गाउँमा हुने विवाह, ब्रतबन्ध, भेला, पाहुना घर लगायतको कामकाजको लागि अन्यत्र धाउनुपर्ने वाध्यता थियो । भवनको सम्पूर्ण काम सकेपछि वर्षौदेखि भवन अभ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • २७९ पटक पढिएको
  • नगरपालिकालाई निर्देशनालयद्वारा ट्याव हस्तान्तरण

    सिरहा,माघ १८ गते । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय धनुषाले सिरहास्थित धनगढीमाई नगरपालिकालाई डिजिटल फ्यामिली हेल्थ फोल्डर ट्याव हस्तान्तरण गरिएको छ । पाइलोट प्रोग्रामको रुपमा रहेको उक्त कार्यक्रमको धनगढीमाई नगरपालिकाबाट शुरु भई नेपाल अधिराज्यभरि संचालन हुने जनाइएको छ । सिरहामा धनगढीमाई नगरपालिका र औरही गाउँपालिकाका निर्देशनालायको छनोटमा परेका हुन् । यो क्रम मधेश प्रदेशका सबै जिल्लामा लागू हुने जनाइएको छ ।  दिन प्रतिदिन रोगहरुको संख्या बढ्दै गएकोले परिवारभित्रका हरेक व्यक्तिले स्वास्थ्य सेवा लिएको नलिएको थाहा पाउने उद्देश्यले डिजिटल फ्यामिली हेल

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १८३ पटक पढिएको
  • सखुवानान्कारकट्टी गापा ४ मा सडक ढलानले आउजाउमा सहज

    सिरहा,माघ १८ गते । वर्षौदेखि वर्षाको बेला आउजाउमा समस्या झेलिरहेका सिरहा सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. ४ स्थित सिमराहाका स्थानीयलाई गाउँमा सडक ढलान भएपछि खुशी भएका छन् । प्रदेश नं. २ सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको चालिस लाखको सहयोगमा हिल्लामे हुने सडकमा तीन सय साठी मिटर लम्बाई र ६ ईन्च मोटाई रहेको पक्की ढलान भएपछि उक्त बाटो भएर आउ जाउ गर्नेहरुको लागि सहज भएको हो । ढलान नहुदा वर्षामा हिलोसँगै जताततै खाल्डा खुल्डीका कारण आउजाउमा समस्या भइरहेको बेला प्रदेश सरकारबाट आएको रकमबाट सडक ढलान भएपछि हिडडुल गर्न सहज हुनुको साथै गाउँमा भोज भतेरको बेलामा पनि ढलानले सहयोग गरिएको

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १३९ पटक पढिएको
  • आजको खेल सुनसरी र गोलबजार विच हुने

    अनुभक्त चौधरी सिरहा, माघ १८ गते । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को उद्घाटन खेलमा बीएफसी चितवनले जित हासिल गरको छ । गोलबजार नगरपालीकाको आयोजनामा गोलबजार खेलग्राममा बीएफसी, चितवन र सलहेस युवा क्लव सिरहाविच भएको खेलमा चितवन ३–१ ले जित हात परेको हो ।खेल अवधिमा दुवै टिमले एक एक गोलगरी बराबरी भएपछि ट्राईबेकरमा चितवनले अग्रता लिएको आयोजकले जनाएको छ ।आजको खेल तालतलैया फूटवल एकेडेमी सुनसरी, गोलबजार स्पोर्टस् क्लव गोलबजार सिरहाविच हुने छ ।खेलको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले सल्लाको बोटलाई सिंचित गरेर र प्रमुख प्रशाकिय अधिकृत अनन्त पौडेयालले गरेका थिए ।प्रतियोगितामा १० वटा टिम सहभागी रह

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १४८ पटक पढिएको
  • माओवादीको कार्यालय स्थापना

    अनुभक्त चौधरीसिरहा,१६ गते । नगरक्षेत्रभित्रका आम नागरिकको गुनासो सुनी समाधान गर्ने उद्देश्यले नेकपा माओवादी केन्द्र धनगढीमाई नगर समितिले आज आईतबार कार्यालय स्थापना गरेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले कार्यालयको विधिवत् रुपमा उद्घाटन गर्नुहुँदै आम जनताको गुनासो सुन्ने थलोको रुपमा कार्यालयले सहयोग गर्ने वताउनुभयो । नेता, कार्यकर्ता एवम् शुभचिन्तकहरुको सहयोगले स्थापना भएको कार्यालय नियमित रुपमा जनताको गुनासा सुन्ने र नियम संगत ढंगले समस्या समाधान गर्न कार्यालयले सहयोग गर्ने जनाइएको छ ।  कार्यालय नियमित संचालन गर्न नगर समिति

    • प्रकाशित मितिः माघ १६, २०७८
    • १४५ पटक पढिएको
  • प्रहरी हबल्दार सहित १३ प्रहरी सम्पर्कविहीन

    काठमाण्डौ,माघ १० गते । नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो ।सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् । सिंह मंसिर १९ गतेदेखि र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा छैनन्।यसैगरी प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, स

    • प्रकाशित मितिः माघ १०, २०७८
    • ९८ पटक पढिएको
  • सेमी फाईनलमा सलहेश युवा क्लवको जित

    अनुभक्त चौधरी, सिरहा,माघ ९ गते । सिरहाको धनगढीमा नगरपालिका वडा नं.४ रियल स्टार फुटबल क्लव सिरहाद्वारा आयोजना भइरहेको फुटबल खेल प्रतियोगितामा आज आइतबार एपीएफ वर्दिवासलाई एक गोलका विरुद्ध दुई गोलले सलहेश युवा क्लव सिरहाले जित हासिल गरेको छ ।  धनगढीमाई नगरपालिका वडा नं. ३ स्थित राजदेवी मन्दिरको प्रांगणमा संचालन भइरहेको फुटबल प्रतियोगितामा भोलिको खेल आयो गोर्खाली महोत्तरी र आयोजक टिम स्टार फुटबल क्लव धनगढीमाई नगरपालिका ४ बीच हुनेछ ।  माघ ५ गते शुरु भएको खेलको समापन खेल माघ १३ गते हुने जनाइएको छ । प्रदेश नं. १ र मधेश प्रदेश अन्तर्गतका सिरहा, सप्तरी, उदयपुर, ईटहरी, बर्दिवास लगायतका ८ वटा ख

    • प्रकाशित मितिः माघ ९, २०७८
    • ४१५ पटक पढिएको
  • सेनेटरी प्याड वितरण

    अनुभक्त चौधरी, सिरहा,माघ ९ गते । महिनाबारी भएको बेला किशोरी छात्राहरु विद्यालय बाहिर नरहुन भन्ने उद्देश्यले नियमित  रुपमा धनगढीमाई नगरपालिकाले वितरण गरिंदै आएको सेनिटरी प्याड आज पनि वितरण गरिएको छ ।  विद्यालयमा सेनिटरी प्याडलाई कमी हुन नदिने उद्देश्यले धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले नगरक्षेत्रभरि रहेका चौध वटा निमावि र मा.वि.लाई वितरण गरिएको हो । वितरित सेनिटरी प्याड प्रयोग गरिएपछि विद्यालयले सुरक्षित रुपमा व्यवस्थापन गर्न सबै विद्यालयलाई आग्रह गर्नुभयो । स्वच्छ महिनावारी, हामी सबैको जिम्मेवारी मुल नारा लिई शिक्षा यूवा तथा खेलकुद शाखाद्वारा विद्यालयहरुलाई नियम

    • प्रकाशित मितिः माघ ९, २०७८
    • २१२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२