सिरहा,माघ १८ गते । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय धनुषाले सिरहास्थित धनगढीमाई नगरपालिकालाई डिजिटल फ्यामिली हेल्थ फोल्डर ट्याव हस्तान्तरण गरिएको छ ।

पाइलोट प्रोग्रामको रुपमा रहेको उक्त कार्यक्रमको धनगढीमाई नगरपालिकाबाट शुरु भई नेपाल अधिराज्यभरि संचालन हुने जनाइएको छ । सिरहामा धनगढीमाई नगरपालिका र औरही गाउँपालिकाका निर्देशनालायको छनोटमा परेका हुन् । यो क्रम मधेश प्रदेशका सबै जिल्लामा लागू हुने जनाइएको छ ।  

2 1

दिन प्रतिदिन रोगहरुको संख्या बढ्दै गएकोले परिवारभित्रका हरेक व्यक्तिले स्वास्थ्य सेवा लिएको नलिएको थाहा पाउने उद्देश्यले डिजिटल फ्यामिली हेल्थ फोल्डर ट्याव नगरपालिकालाई हस्तान्तरण गरिएको स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले जानकारी गराउनुभयो । 

नगरलाई प्रदान गरेको डिजिटल फ्यामिली हेल्थ फोल्डर ट्यावद्वारा नगर क्षेत्रभित्रका हरेक व्यक्तिको डाटा संकलन गरी डिजिटाइज गर्ने जनाइएको छ । डाटा डिजिटाइजको आधारमा सुरक्षित मातृत्व गराउनेसँगै स्वास्थ्य सेवालाई प्रभावकारी गराउने उद्देश्यले कार्यक्रमको शुरुवात गरिएको जनाइएको छ । 

3 1

धनगढीमाई नगरपालिकाको नगरप्रमुख हरिनारायण चौधरीले स्वास्थ्य क्षेत्रलाई सही दिशाबोध गर्ने उद्देश्यले स्वास्थ्य निर्देशनालयले प्रदान गरिएको डिजिटल फ्यामिली हेल्थ फोल्डरले नगर क्षेत्रभित्र स्वास्थ्य क्षेत्रमा अहम् भूमिका खेल्ने बताउँदै नगरप्रमु्ख चौधरीले यो कार्यक्रम लागू गर्न आफू प्रतिबद्धत रहेको जनाउनुभयो ।