अनुभक्त चौधरी, सिरहा,माघ ९ गते । महिनाबारी भएको बेला किशोरी छात्राहरु विद्यालय बाहिर नरहुन भन्ने उद्देश्यले नियमित  रुपमा धनगढीमाई नगरपालिकाले वितरण गरिंदै आएको सेनिटरी प्याड आज पनि वितरण गरिएको छ । 

विद्यालयमा सेनिटरी प्याडलाई कमी हुन नदिने उद्देश्यले धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले नगरक्षेत्रभरि रहेका चौध वटा निमावि र मा.वि.लाई वितरण गरिएको हो । वितरित सेनिटरी प्याड प्रयोग गरिएपछि विद्यालयले सुरक्षित रुपमा व्यवस्थापन गर्न सबै विद्यालयलाई आग्रह गर्नुभयो । 

स्वच्छ महिनावारी, हामी सबैको जिम्मेवारी मुल नारा लिई शिक्षा यूवा तथा खेलकुद शाखाद्वारा विद्यालयहरुलाई नियमित रुपमा सेनेटरी प्याड वितरण गरिंदै आएको नगर शिक्षा शाखाका संयोजक प्रदीप साहले बताउनुभयो । कार्यक्रमको आयोजना श्री जनता माध्यमिक विद्यालय (प्राविधिक धार) तिनकोनीमा भएको थियो ।