सिरहा,फाल्गुन २३ गते । सिरहा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बन्नु भएका शिवशंकर यादव २६ हजार सात सय सरचालिस मतान्तरले प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । विजयी यादवलाई सिरहा क्षेत्र नं. २ का मतदान अधिकृत नवराज जोशीले प्रमाण पत्र वितरण गर्नुभएको हो ।
विजयी हुनुभएका शिवशंकर यादवले नेपाल टेलिभिजनसँग छोटो प्रतिक्रिया दिंदै सिरहा क्षेत्र नं. २ मा व्याप्त शिक्षा, स्वास्थ्य, रोजगारी र बाटोघाटोको विकासमा ध्यान दिने उल्लेख गर्नुभयो ।
बाईट ः शिवशंकर यादव, प्रतिनिधि सभा सदस्य सिरहा क्षेत्र नं. २
विजयी हुनुभएका यादवले उन्नचालिस हजार पाँच सय एकसठी मत ल्याउँदा उहाँको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेस तर्फबाट उम्मेद्वार दिनुभएका रामचन्द्र यादवले बाह्र हजार आठ सय चौदह मत मात्र प्राप्त गरेका हुन् ।
सिरहा क्षेत्र नं. २ मा एक लाख १५ हजार सात सय साठी मतदाता मध्ये ६५ प्रतिशत अर्थात् त्रिहत्तरी हजार एक सय पच्चहत्तरी मत्र खसेको थियो ।




















