सिरहा,फाल्गुन ६ गते । सप्तरी जिल्लाको सुरुंगा नगरपालिकाको नव निर्मित प्रशासकीय भवन विधिवत रुपमा उद्घाटन भएको छ । भवनको उद्घाटनसँगै नगरपालिकाको सम्पूर्ण प्रशासनिक सेवा एकै ठाउँबाट प्रवाह हुने भएको छ ।

vlcsnap-2026-02-18-10h28m14s172

करिव एघार करोडको लागतमा निर्मित पाँच तल्ले नव निर्मित भवनको उद्घाटन गर्नुहुँदै नगरपालिकाका नगर प्रमुख गीता चौधरीले निर्मित सुविधा सम्पन्न भवनले नगर क्षेत्रभरीका सेवाग्राहीहरुका सेवा सुविधालाई छिटो छरितो हुनुको साथै सेवा प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रशासकीय भवन निर्माणका लागि स्थानीय मेहश चौधरीले दश कठ्ठा साढे नौ धुर, स्व.कन्तलाल चौधरी पाँच कठ्ठा, श्रीमती काली कुमारी चौधरीले दुई कठ्ठा, हरिहर चौधरी एक कठ्ठा दश धुर र जितनी कुमारी चौधरीले एक कठ्ठा जग्गा दान गर्नुभएको छ । जग्गा धनी सबैलाई नगरपालिकाले त्यसबेला सम्मान समेत गर्नुभएको थियो

vlcsnap-2026-02-18-10h28m31s34