सिरहा,भाद्र २६ गते । सुरक्षा चुनौतीमा ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज बुधबार विहान १० बजेदेखि भोलि शुक्रबार विहान ६ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ ।
जिल्लाभित्र शान्ति सुव्यवस्था कायम राख्न सो अवधिको कफ्र्यू आदेश गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ । कफ्र्यू आदेश उल्लंघन गरिएमा कानुन बमोजिम कावारी गरिने व्यहोरा समेत उक्त कफ्र्यू आदेशमा उल्लेख रहेको छ । सिरहामा हिजो बुधबारबाट जनजीवन सामान्य वन्दै गएको छ ।
कफ्र्यू आदेश हुनु अगावै स्थानीयले दैनिकी किनमेल गरी आ आफ्ना घर फर्किएकाले बजार बसल बन्द छन् भने सडकहरु सुनसान छन् । सेना तथा प्रहरीको गस्ति मुख्य चोक चोकमा तैनाथी अवस्थामा रहेको देखिन्छ ।




















