सिरहा, भदौ २७ गते । आदिवासी थारू महिलाहरुको मौलिक पर्व जितिया नजिकिँदै गर्दा संस्कृति झल्किने थारू भाषाको गीत लैहरा जेवै गे, हमत लैहरा जेवै गे को म्यूजिक भिडियो सार्वजनिक भएको छ।
फोकस सिने आर्ट युट्युब च्यानलमार्फत थारु लघु चलचित्र लैहराको शिर्ष गित थारू भाषामा जितिया पर्वको लैहरा जेवै गे, हमत लैहरा जेवै गे म्युजिक भिडियो सार्वजनिक गरेको हो।
शिव थारुको निर्देशन रहेकोलैहरा चलचित्रमा गित संगित तथा स्वर हरेकृष्ण चौधरीकोे रहेको छ भने गायिका भारतका सुधा सुमन रहेको छ । संगित संयोजन भारतका शिवम लाल यादवले गर्नु भएको छ ।
यस्तै गीत को कोरीयोग्राफी श्याम सिंहले गरेका छन् ।
थारू समुदायमा जितियाँ कसरी मनाइन्छ भन्नेबारे जानकारी तथा मौलिक संस्कृतिको जगेर्ना गर्नको यो म्युजिक भिडियो बनाउनु परेको निर्देशक शिव थारले बताउनु भयो ।
उनले भने, ‘तराइमा थारू महिलाहरुको मौलिक पर्व जितियालाई गीतमार्पत जगेर्ना गर्नको लागि यो गीत र म्युनजिम भिडियो बनाएका हौं। हामीले थारू संस्कृति झल्कने अझै गीत र म्यूजिमक भिडियो निरन्तर बनाउने तयारीमा छौं।’
नारीको कथामा आधारीतमा थारु लघु चलचित्र लैहरामा हरेकृष्ण चौधरी फकुवा चम्का, आँचल चौधरी चम्की, चन्द्रकुमारी चौधरी, अनुभक्त चौधरी, मिहिलाल शिव चौधरी, प्रमोद चौधरी तथा अतिथी कलाकारहरुमा अधिकलाल यादव र भारतका सोनु राज रहेको वताइएको छ । यसवर्ष जितिया पर्व भदौ ३० गते सोमवार परेको छ ।




















