सिरहा,भाद्र २६ गते । सिरहाको लक्ष्मीपुर पतारी वडा नं. २ पोखरभिण्डामा अवस्थित धार्मिक तथा आस्थाको केन्द्रको रुपमा रहेको वर्षौ पुरानो गढिमाई मन्दिरको जिर्णोद्वारले श्रद्धालु भक्तजनको लागि आकर्षणको केन्द्र बनेको छ । 

धार्मिक तथा ऐतिहासिकता बोकेको उक्त मन्दिरमा भाकल पूरा गरे मनोकामना पूरा हुने जनविश्वासको रुपमा प्रख्यात भएको उक्त मन्दिरलाई पर्यटन विकास कार्यालय सिरहामार्फत् जिर्णोद्वार गरिएपछि मन्दिरमा पूजा पाठ गर्नेहरुको संख्या बढेको वताइएको छ । 

हरेक वैशाख महिनाको ७ गतेदेखि ११ गते पाँच दिनसम्म लाग्ने उक्त मेला महोत्सवमा मुलुकभित्र मात्र नभई भारतीय श्रद्धालुहरु भाकल गर्न र भाकल पूरा भएकाहरु आउने गरेको छ ।