सप्तरी,फाल्गुन २९ गते । सप्तरी जिल्लाको खड्क नगरपालिका वडा नं. १० स्थित श्री ५ महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खडक नगरपालिका प्रथम भएको छ ।

तिन दिनसम्म चलेको जिल्ला स्तरीय खेलमा दश स्वर्ण, चार रजत र सात कास्य पदक ल्याई प्रथम भएको हो । त्यसै गरी सुरुङ्गा नगरपालिकाले सात स्वर्ण, एघार रजत र चार कास्य पदक  प्राप्त गरी दोस्रो तथा बोदेवरसाईन नगरपालिकाले नौ स्वर्ण, आठ रजत र तीन कास्य पदक ल्याई तेस्रो भएका छन् ।

खडक नगरपालिकाका नगर  प्रमुख जयप्रकाश चौधरीले विजेताहरुलाई शिल्ड, कप, मेडल र प्रमाण पत्र तथा दोस्रो तेस्रो भएका खेलाडिहरुलाई कप, मेडल र प्रमाण्पत्र प्रदान गरेको थियो ।

जिल्ला खेलकुद परिषद् सप्तरीको आयोजना तथा खड्क नगरपालिकाको सहजीकरणमा २६ गतेदेखि २८ गते सम्म चलेको खेलमा कवडी, भलिवल, रनिंग, थ्रोइंग, कुस्ति, रिले, ट्याकवाण्डो, उसु लगायत करिव २७ वटा खेल खेलाइएको थियो । 

vlcsnap-2024-03-12-19h03m30s231C0306T01C0402T01C0474T01