राजविराज, १६ मंसिर । यादव सेवा समिति सप्तरीको अध्यक्षमा गंगाराम यादव चयन हुनुभएको छ ।

समितिको आज राजविराजस्थित राधाकृष्ण मन्दीर धर्मशालामा सम्पन्न साधारणसभाबाट तीनबर्षे कार्यकालको लागि सर्वसम्मत अध्यक्षमा यादव चयन हुनुभएको हो ।

यस्तै समितिको उपाध्यक्षमा सञ्जय कुमार यादव, महासचिवमा महेन्द्र प्रसाद यादव, सचिवमा ब्रहमदेव यादव र कोषाध्यक्षमा जयनारायण यादवलाई चयन गरिएको निर्वाचन समिति संयोजक बरिस्ठ अधिबक्ता देवनारायण यादवले जानकारी दिनुभयो । 

यस्तै समितिको सदस्यहरुमा बच्चालाल यादव, बिजयकुमार यादव, हरिसुन्दर यादव, धर्मनाथ यादव, चन्द्रकला देवी यादव र सुनिता यादवलाई चयन गरिएको जनाएको छ । निर्वाचन समिति संयोजकमा बरिस्ठ अधिबक्ता देवनारायण यादव र अधिबक्ता पूण्य प्रसाद यादव रहनुभएको थियो ।