वीरगञ्ज, १० मङ्सिर । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्सामा आयोजित रक्तदान कार्यक्रममा तीन सय जनाले रक्तदान गरेका छन् ।
ग्रमिण क्षेत्रमा रक्तदान सम्बन्धी सचेतना जगाउने र रगतको अभाव हुन नदिने उद्देश्यका साथ आयोजित रक्तदान कार्यक्रममा १२ जना महिलासहित तीन जनाले रक्तदान गरेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिनुभयो ।
‘‘रक्तदान जीवनदान” भन्ने नाराका साथ आयोजना गरिएको सो रक्तदान कार्यक्रममा स्थानीयहरुको उत्साहजक सहभागिता रहेको प्रहरी निरीक्षक केसरीले बताउनुभयो । सङ्कलित रगत रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको उहाँको भनाई छ ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल विक्रम शाहले ग्रामिण क्षेत्रमा अझै पनि रक्तदान बारे सचेतना नहुदाँ समय समयमा रगतको अभाव हुने गरेकोले त्यसबारे जनचेतना अभिबृद्धि गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।




















