लहान, ४ कात्तिक । हरवा चरवा बालबालिकाहरुलाई तीन दिने बालअधिकार सम्बन्धी आधारभूत तालिम दिईएको छ ।
द फ्रिडम फण्डको सहयोग तथा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीको आयोजनामा सिरहाको लहानमा सम्पन्न सो तालिममा सप्तरीको शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदे बसाईन नगरपालिका र रुपनी गाउँपालिकामा गठित बाल सञ्जालमा आबद्ध बालबालिकाहरुको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा बक्ताहरुले हरवा चरवा तथा दलित समुदायका बालबालिकाहरु अझै जन्मदत्र्ताको अधिकारबाट बञ्चित रहेकाले यसलाई अभियानको रुपमा लैजानुपर्नेमा जोड दिएका छन् ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका अध्यक्ष चतुरनारायण चौधरीको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा श्रीपुर्राज सामुदायिक विकास केन्द्रका उपाध्यक्ष सुनिता चौधरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका जिविकोपार्जन कार्यक्रमका कार्यक्रम संयोजक कृष्णहरी उपाध्याय, पत्रकार राजु विश्वकर्मा, प्रशिक्षक विश्वेन्द्र पासवान, तालिमका सहभागि रंगिता कुमारी राम, जितेन्द्र रजक लगायतले बोल्नुभयो ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका सहजकर्ता पुनम चौधरीद्वारा सञ्चालित कार्यक्रममा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका सदस्य बिरबहादुर चौधरीले स्वागत गर्नुभयो ।
संबिधानमा भएका बालअधिकार सम्बन्धी व्यवस्था, बालअधिकार सम्बन्धी ऐन, कानुन र बाल क्लब लगायतका बिषयमा विश्वेन्द्र पासवान, अमर यादव लगायतले तालिममा सहजीकरण गर्नुभएको थियो ।




















