सिरहा,असोज २८ गते । कामना सेवा विकास बैंक मिर्चैया शाखाले आज गोलवजारको दुर्गा मन्दिरमा डिजिटल दानपेटिका ( QR ) कोड जडान गरेको छ ।

समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कामना सेवा विकास बैंक मिर्चैया शाखाले मन्दिरको विकास हुने उद्देश्यले उक्त स्थानमा डिजिटल दानपेटिका र फोहर व्यवस्थापनको लागी डस्टविन दिईएको बैंकका शाखा प्रमुख चन्द्रदेब पालले बताउनु भयो ।

मन्दिरका अध्यक्ष राम चन्द्र यादबको उपस्थिति तथा स्थानिय बुद्धिजिवि र बैंकका सम्पूर्ण कर्मचारीहरुको उपस्थितीमा उक्त कार्यकक्रम सम्पन्न गरेको बैंकका प्रमुख पालले बताउनु भयो । 

कामना सेवा विकास बैंकले समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत समाजका लागी विभिन्न कार्यक्रम गर्दै आई रहेको प्रमुख पालले बताए  ।

यसरी बैंकले डिजिटल दानपेटिका जडान गरिदिएपछि स्थानियहरु खुशी भएका छन् र यसले मन्दिरको विकासमा समेत टेवा पुग्ने अध्यक्ष यादबले बताउदै बैंकका कर्मचारीहरुलाई शुभकामना दिदै धन्यवाद समेत दिईएको छ ।