पर्सा, जेठ २१ गते । नेपाल प्रहरीले वीरगंज महानगरपालिका–१६ नगवा चोकबाट नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका १६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपालीसर्लाही बरहथवा नगरपालिका वडा नं.५ रामजानकी टोल बस्ने ३० वर्षीय रामबिश्वास महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरी आवश्यक अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



















