राजविराज, ५ जेठ । सप्तरीको बोदे बरसाईनका हरवा चरवा बचत तथा ऋण समुहका पदाधिकारीहरुलाई बचत तथा ऋण व्यवस्थापन तीन दिने तालिम दिईएको छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा बोदे बरसाईन नगरपालिकामा जेठ ३ देखि जेठ ५ गतेसम्म सञ्चालित सो तालिमा बोदे बरसाईन नगरपालिकाको बिभिन्न वडामा गठित हरवा चरवा बचत तथा ऋण समुहका ३० जनाको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा बक्ताहरुले तालिममा सिकेका कुराहरुलाई संस्थाको व्यवस्थापसँगै बचत तथा ऋण प्रवाहमा सदुपयोग गर्न सुझाव समेत दिएका छन् ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले संस्थागत विकाससँगै बचत तथा ऋण व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताउनुभयो ।
संस्थामा बचत तथा ऋण लगानीको बिधि, व्यवस्थापन लगायतका बिषयमा प्रमोद चालिसेले सहजीकरण गर्नुभएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता सञ्जीव कुमार यादवले जानकारी दिनुभयो ।




















