जनकपुरधाम, ६ साउन । धनुषामा आर्थिक बर्ष ०७७÷०७८ मा एक हजार ९११ नयाँ उद्योग दत्र्ता भएको छ ।

नयाँ दत्र्ता भएको एक हजार ९११ मध्ये सबै भन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार ९३ वटा, सेवा उद्योगतर्फ ५१०, उत्पादन उद्योग तर्फ १५८, पर्यटनतर्फ १४७ र सूचना तथा सञ्चारतर्फ तीन वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ । यो संख्या गत आर्थिक बर्ष ०७६÷०७७ को भन्दा बढी हो ।

यस्तै आर्थिक बर्ष ०७८÷०७९ मा नयाँ उद्योग र बाणिज्य तर्फ दत्र्ताबाट रु. १ करोड ४० लाख ११ हजार ९०५ राजस्व सङ्कलन भएको जनाएको छ । यो सँगै धनुषामा घरेलु तथा साना उद्योगको सङ्ख्या करिब २१ हजार पुगेको र बाणिज्यतर्फको सङ्खया करिब ३३ हजार पुगेको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख देवकान्त झाले जानकारी दिनुभयो । 

यसअघि गत आर्थिक बर्ष ०७७÷०७८ मा उद्योगतर्फ एक हजार ८०४ र बाणिज्यतर्फ दुई हजार ६११ वटा दत्र्ता भएको थियो । जसबाट रु. दुई करोड ३८ लाख २० हजार ६०० राजस्व सङ्कलन भएको थियो ।

यस्तै आर्थिक बर्ष ०७८÷०७९ मा उद्योगतर्फ ६६ वटा र बाणिज्य तर्फका ११९ वटा घरेलु तथा साना उद्योगको लागत कट्टा गरिएको छ भने उद्योगतर्फ ५९८ वटा र बाणिज्यतर्फ एक हजार २५९ वटाको नविकरण गरिएको सो कार्यालयले जनाएको छ । आर्थिक बर्ष ०७८÷०७९ मा नयाँ उद्योग दत्र्ता पश्चात धनुषामा १० हजार ४८९ पुरुष र ७९ महिला गरी १० हजार ५६८ जनाले रोजगारी पाएका छन् । 

पछिल्लो समय बैंक तथा बित्तिय संस्थाहरुले घरेलु तथा साना उद्योगहरुमा सहज रुपले ऋण लगानी गर्न थालेकापछि कृषि तथा वनजन्य उद्योगहरु खुल्ने क्रम बढ्ेसँगै घरेलु तथा साना उद्योगहरु दत्र्ता गराउने क्रममा बृद्धि भएको प्रमुख झाको भनाई छ ।