तनहुँ,फागुन २२ गते – दमौली बजारस्थित भोलेटार चोकमा लागेको आगो नियन्त्रणमा आएको छ। करिब ५ घन्टापछि आगो नियन्त्रणमा आएको हो। ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर आगलागी भएको थियो। आगो लागेको थाहा पाउने वित्तिकै जनप्रतिनिधि एवं नेपाल सरकारका श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) दमौली पुगेका थिए।
आगलागी नियन्त्रणका लागि काठमाडौंमाबाट सिम्रिक एयरको हेलिकोप्टर दमौली गएको थियो। फायर फाइटिङसहितको सिम्रिक एयरको ९ एन ए जे जेड कलसाइनको सिम्रिक एयरको हेलिकोप्टरका चालकमा सुरेन्द्र पौडेल र राजेन्द्र दुवाल थिए। हेलिकोप्टरले स्थानीय मादी खोलाबाट ४५ पटक पानी ओसारेको थियो। दमौलीमा लागेको आगो नियन्त्रण गरिदिन गृहमन्त्रालयले सिम्रिक एयरलाई आग्रह गरेको थियो। आगो नियन्त्रणमा आएपछि फायर फाइटिङसहितको सिम्रिक एयरको हेलिकोप्टर काठमाडौं फर्किएको छ




















