सिरहा,माघ ८ गते । सिरहाका दुई कोरोना संक्रमितको उपचारको क्रममा १० मिनेटकै अन्तरमा मृत्यू भएको छ ।
मृत्यू हुनेमा एक महिला र एक पुरुष छन् । सिरहा नगरपालिका १ का ८० वर्षका पुरुष र लहान नगरपालिका १९ की ६२ वर्षकी महिलाको कोरोना संक्रमणकै कारण १० मिनेटकै अन्तरमा मृत्यू भएको हो ।
उनी दुबै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । उनीहरुको १० मिनेटको अन्तरमा मृत्यू भएको पुष्टि स्पतालका सह९प्रवक्ता डाक्टर चुरामणी पोखरेलले गरे ।
उनका अनुसार एक्युट मायोकार्डियल इन्फ्राक्सन भएकी महिलामा माघ ५ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनको मृत्यु आज बिहान ११ बजेर ४५ मिनेटमा भएको हो ।
त्यस्तै, पुस २९ गते संक्रमण पुष्टि भएका सिराहका पुरुषको पनि बिहान ११ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।




















