अनुभक्त चौधरी, सिरहा, पुस १५ गते । सिरहाको गोलबजारमा आजदेखि प्रथम गोलबजार फुटबल गोल्ड कप शुरु भएको छ । सिरहा, सप्तरी, सिन्धुली, महोत्तरी, उदयपुर र धनुषा (६ जिल्ला) का आठ वटा टीमको सहभागिता रहेको उक्त गोल्ड कप पुस २३ गते सम्पन्न हुनेछ ।
राजदेवी युवा क्लव गोलबजारद्वारा संचालित फुटबल गोल्ड कप प्रतियोगीतामा प्रथम हुनेलाई एकाउन्न हजार नगद सहित शिल्ड प्रमाणपत्र तथा द्वितीय हुनेलाई ३१ हजार नगदसहित शिल्ड प्रमाणपत्र तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
आजको उद्घाटन खेल आयो गोर्खाली फुटबल क्लव महोत्तरी र गोलबजार प्रतिभा क्लव बीच भएको थियो । आजको खेलमा गोलबजार प्रतिभा क्लवलाई दुई गोलको विरुद्ध तीन गोलले गोर्खाली फुटबल क्लव महोत्तरी विजयी भएको छ । भोलिको खेल गोलबजार स्पोर्टस् क्लव, सिरहा र श्री शेरगण चोहर्वा, सिरहाबीच हुनेछ ।




















