सिरहा,कार्तिक ४ गते–फेसबुकले आफ्नो नाम परिवर्तन गर्न सक्ने समाचार बाहिर आएको छ। कोभिडको समयमा अपराध गरेको भन्दै ब्राजिलका राष्ट्रपतिलाई कारबाहीको माग गरिएको समाचार बुधबार चर्चामा रह्यो। त्यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन जलवायु सम्मेलनमा सहभागी नहुने समाचार पनि चर्चामा रह्यो। प्रस्तुत छ, बुधबार चर्चामा रहेका केही प्रमुख विश्व खबरहरू स्

तालिबान सरकारले आत्मघाती बमवर्षकका परिवारलाई जमिन र नगद दिने 

काबुल स् तालिबान सरकारले आत्मघाती बमवर्षकका परिवारलाई जमिन र नगर रकम उपलब्ध दिने भएको छ। अफगानिस्तानको पूर्व सरकार  र पश्चिमा समूहविरुद्धको लडाईँमा मृत्यु भएका परिवारहरुलाई सरकारले प्रशंसास्वरुप जमिन र नगद रकम दिने भएको हो। 

अफगानिस्तानको आन्तरिक मन्त्रालयले विज्ञप्ती जारी गर्दै तत्कालिन समयका आत्मघाती बमवर्षकहरुको प्रशंसा गरेको छ भने पीडित परिवारलाई जमिन र नगद रकम उपलब्ध गर्ने घोषणा गरेको छ। 

पीडित परिवारहरुलाई कपडा वितरण गरिएको छ भने सरकारले प्रत्येक परिवारलाई चाँडै १० हजार अफगानी ९१११ डलर० र जमिन उपलब्ध गराउने बाचा गरेको सरकारका प्रवक्ता करी साइद खोस्टीले बताए। 

कोभिडको समयमा अपराध गरेको भन्दै ब्राजिलका राष्ट्रपतिलाई कारबाहीको माग 

ब्राजिलिया स् ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई कारबाहीको माग गरिएको छ। कोभिड महामारीको समयमा १३ वटा गम्भीर अपराध गरेको भन्दै उनलाई कारबाहीको माग गरिएको हो। 

सिनेटले नयाँ रिपोर्ट सार्वजनिक गर्दै सो सुझाव दिएको हो। करिब ६ महिना लामो समयपछि तयार पारिएको करिब १२ सय पेज लामो रिपोर्टमा राष्ट्रपतिमाथि विभिन्न १३ वटा अपराधको आरोप लागेको छ।

राष्ट्रपति बोल्सोनारो कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा असफल रहेको भन्दै उनीमाथि ६ लाख ब्राजिलियन नागरिक मारेको आरोप सिनेट रिपोर्टले लगाएको छ।  

सिनेटको प्रारम्भिक प्रतिवेदनले राष्ट्रपतिमाथि आदिवासीको हत्या र सामूहिक नरसंहारविरुद्ध कारबाही गर्न सुझाव दिएको थियो। यद्यपि, नयाँ रिपोर्टमा मानवीय संकट, नक्कली प्रमाणपत्र र भ्रष्टाचारजस्ता अपराध गरेको आरोपमा कारबाही गर्नुपर्ने उल्लेख छ। 

यद्यपि, राष्ट्रपति बोल्सोनारोले भने सो आरोप र मागप्रति कुनै प्रतिक्रिया दिएका छैनन्। 

आईपीएलमा बाजी मारेको भन्दै २० मुद्दा दर्ता 

बेङलुरु स् इन्डियन प्रिमियर लिग ९आईपीएल०को दौरान बाजी ९बेटिङ० मारेको भन्दै करिब २० मुद्दा दर्ता भएका छन्। बाजी राख्ने चलन बन्द गर्न भारतको सेन्ट्रल क्राइम ब्रान्च ९सिसिबी०मा बुधबार २० वटा बाजीका मुद्दा दर्ता भएका हुन्।

सिसिबीका प्रहरी कमिस्नर सन्दिप पटिलका अनुसार सिसिबीले पछिल्लो आईपीएलको समयमा भएका २० वटा बाजीका मुद्दा दर्ता गरेको छ। आईपीएलको समयमा अनलाईनमार्फत बाजी राख्ने गरेको र ठगी बढेको भन्दै बाजी राख्ने चलन बन्द गर्न भन्दै कर्नाटक उच्च अदालतमा सो मुद्दा दर्ता भएको पटिलले बताएका छन्। 

आईपीएल संसारकै ठूलो खेलकुद कार्यक्रम मानिन्छ । कोभिड महामारीको कारण अनलाइनमार्फत बाजी राख्ने चलन बढेको बताइएको छ। खेलकुदको समयमा बाजी राख्ने चलनलाई हालै भारतले अवैध मान्दै आएको छ।

बेलायतकी महारानी एलिजावेथलाई आराम गर्न डाक्टरको सुझाव

लन्डन स् डाक्टरहरुले बेलायती महारानी एलिजावेथलाई आराम गर्न सुझाव दिएका छन्। संसारको सबैभन्दा लामो राजतन्त्र शासनकी महारानी एलिजावेथलाई डाक्टरहरुले थप आराम गर्न सुझाव दिएका हुन्। 

बकिङहम प्यालेसका अनुसार मेडिकल सुझावपछि एलिजावेथले बुधबार उत्तरी आयरल्याण्डको भ्रमण रद्द गरेकी छन्। महारानीले आराम गर्नुको कारण कोभिड नभएको समेत दरबार स्रोतले प्रष्ट पारेको छ। 

९५ वर्षीय महारानीले करिब ७० वर्षको लागि शासन गरेकी छन्। सन् १९९२ फेब्रुअरी ६ मा आफ्नो बुवाको मृत्युपछि केवल २५ वर्षको उमेरमा उनी दोस्रो महारानी एलिजावेथ बनेकी थिइन्।

रुसका राष्ट्रपति पुटिन जलवायु सम्मेलनमा सहभागी नहुने 

मस्को स् रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा आयोजित जलवायु सम्मेलनमा भाग नलिने भएका छन्। सम्मेलनमा भाग नलिनुको कारण उल्लेख नगरिएपनि उनले सो निर्णय गरेका हुन्। 

जलवायु परिवर्तनको मुद्दा रुसको लागि महत्वपूर्ण भएपनि राष्ट्रपति पुटिनले सम्मेलनमा भाग नलिने निर्णय गरेको राष्ट्रपति कार्यालय क्रेम्लिनले जनाएको छ। 

चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि सो सम्मेलनमा भाग नलिने संकेत देखाएको बीबीसीमा समाचार  छ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कप २६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्मका लागि स्कटल्याण्डको ठूलो शहर ग्ल्यास्गोमा हुँदैछ। जापानमा ज्वालामुखी विस्फोट 

टोकियो स् जापानमा ज्वालामुखी विस्फोट भएको छ। बुधबार बिहान जापानको दक्षिणी टापु क्युशुस्थित पर्यटकीय गन्तव्य आसो पर्वतमा ज्वालामुखी विस्फोट भएको हो। 

जापानको मौसम विभागका अनुसार ज्वालामुखी विस्फोटपछि निस्केको खरानी करिब ४ किलोमिटर क्षेत्रफलसम्म फैलिएको र खरानी सो क्षेत्रको आकास ढाकेको छ। विस्फोटपछि लाभा निस्कने र चटन खस्ने बताउँदै विभागले सो क्षेत्रको यात्रा नगर्न चेतावनी दिएको छ। 

ज्वालामुखीपछि मानवीय क्षतिको विवरण भने नआएको बताइएको छ। 

सोही क्षेत्रमा सन् २०१९ मा सानो ज्वालामुखी विस्फोट भएको थियो। सन् २०१४ मा ओन्टाके पर्वतमा विस्फोट भएको ज्वालामुखीमा परी ६३ मानिसले ज्यान गुमाएका थिए। 

सिरियामा सैनिक बसमा बम विस्फोट, १४ को मृत्यु 

दमास्कस स् सिरियाको राजधानी दमास्कसमा सैनिक बसमा आत्मघाती बम विस्फोट भएको छ। छुट्टाछुट्टै भएको दुईवटा विस्फोटमा परी १४ सैनिकको मृत्यु भएको छ भने अन्य ३ घाइते भएका छन्।

स्थानीय मिडियाका अनुसार बुधबार बिहान व्यस्त समयमा छुट्टाछुट्टै विस्फोट भएको थियो। हाफेज अफ असद पुलमुनि हुँदै सेनाको गाडी गुडिरहेको बेला एउटा विस्फोट भएको थियो भने अर्को जिसर अल रेइस पुलनजिकै भएको थियो। 

तेस्रो बम भने सेनाको इन्जिनियरिङ टोलीले डिस्पोजल गरेको र घटना कसले गराएको भन्नेबारे अनुसन्धान थालिएको बताइएको छ। 

पछिल्लो समय सिरियामा आइएसआइएल लडाकुद्धारा थुप्रै आक्रमण भइरहेको बताइएको छ। 

फेसबुकले आफ्नो नाम परिवर्तन गर्दै 

क्यालिफोर्निया स् विशाल सामाजिक सञ्जाल फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्ने योजना बनाएको छ। फेसबुकले कम्पनीको रिब्रान्डसँगै आागामी हप्तादेखि नयाँ नाम राख्ने योजना बनाएको हो। 

फेसबुकका सीईओ मार्क जुकरबर्गले यही अक्टोबर २८ मा कम्पनीको नयाँ नाम र रिब्रान्डबारे उद्घोष गर्ने योजना बनाएको अमेरिकी टेक्नोलोजी वेबसाइट दी भर्जले जनाएको छ। 

यद्यपि, फेसबुकले ‘हल्ला र अनुमान’को तत्काल टिप्पणी नगर्ने प्रतिक्रिया दिएको छ। 

मंगलबार फेसबुकले आफ्नो कम्पनी विकास गर्न युरोपेली युनियनमा करिब १० हजार जागिरको पद खुलाउने घोषणा गरेको थियो। यस महिनाको सुरुवातमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टाको लागि बन्द भएको थियो।

अफ्रिकाका १ अर्बभन्दा बढी मानिस जलवायु परिवर्तनको उच्च जोखिममा 

जेनेभा स् अफ्रिका महादेशका करिब १ अर्बभन्दा बढी मानिस जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नयाँ रिपोर्टले देखाएको छ। संयुक्त राष्ट्रसंघ ९युएन० र विश्व मौसम विज्ञान संगठन ९डब्ल्युएमओ०को नयाँ रिपोर्टले अफ्रिका महादेश जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देखाएको हो। 


युएन र डब्ल्युएमओले मंगलबार नयाँ रिपोर्ट सार्वजनिक गरेका थिए। 

डब्ल्युएमओको रिपोर्टअनुसार अफ्रिकाका १ अर्ब ३० करोड मानिस जलवायु परिवर्तनको उच्च जोखिममा छन् भने पूर्वी अफ्रिकाका हिमालहरु दुई दशकभित्रमा नाङ्गिने अवस्थामा छन्। गरिबीको उच्च रेखामुनि रहेका अफ्रिकाका करिब १० करोड मानिस जलवायु संकट सामना गरिरहेको युएनको रिपोर्टले जनाएको छ। 

सन् २०३० देखि गरिबीको उच्च रेखामुनि रहेका करिब १ करोड १८ लाख मानिसले खडेरी, बाढी पहिरो र उच्च तापक्रमको सामना गर्ने चेतावनी युएन र डब्ल्युएमओले दिएको छ। 

विश्वको औसत तापमानभन्दा अफ्रिकी महादेश तीब्र रुपमा तातिरहेको र तापक्रम वृद्धि हुनुमा महादेशभित्रका ५४ वटा मुलुक जिम्मेवार रहेको रिपोर्टमा उल्लेख छ। करिब एक दशकभित्रमा १ अर्ब ३० करोड मानिस जलवायु परिवर्तनको उच्च जोखिममा रहेको रिपोर्टले जनाएको छ