प्योङयाङ,कार्तिक ३–गते उत्तर कोरियाले मंगलबार बिहान गरिएको क्षेप्यास्त्र परीक्षण सफल भएको दाबी गरेको छ। उत्तर कोरियाले मंगलबार बिहानै पनडुब्बीबाट क्षेप्यास्त्र प्रहार गरेको थियो। जुन जापानको सामुद्रिक क्षेत्रमा खसेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पनडुब्बीबाट गरिएको सो क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाले दाबी गरेको छ। उत्तर कोरियाले नयाँ ब्यालेस्टिक मिसाइल परिक्षण गरिएको दाबी गरेको छ। आफ्नो पछिल्लो क्षेप्यास्त्रलाई कसैले पनि ट्रयाक गर्न नसक्ने समेत उत्तर कोरियाले भनेको छ।
पछिल्ला दिनहरुमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई तीब्र बनाएको छ। निकै शक्तिशाली मानिएको हाइपरसोनिक र लामो दुरीमा मार हान्न सक्ने क्षमताका क्षेप्यास्त्रहरु उत्तर कोरियालले गएका साताहरुमा परीक्षण गरेको थियो। जसको अमेरिका, दक्षिण कोरिया र जापानले विरोध गरेका छन्



















