सिरहा,भदौ ९ गते । भारत बिहारको समस्तीपुर जिल्लामा नेपाली तीर्थ यात्री सवार बस दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।
भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठोक्कीएर अनियन्त्रित भई पल्टिदा तीन दर्जन यात्री घाइते भएको छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
एसएपी सञ्जय पाण्डेका अनुसार सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
नेपालकै बारा जिल्ला निवासीहरु भरतको झारखण्ड स्थित तीर्थ स्थल देवघर जल चढाउनका लगि जदै गर्दा दुर्घटनााा परेको जनाईएको छ ।