X wada

स्थानिय

    Showing १,०२१-१,०३० of १,३२३ items.
  • अवैध लागूऔषध गाँजा सहित पक्राउ

    सिरहा,पुष १६ गते –  धनगढिमाई नगरपालिका– १३ गौशालाबाट १ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित औरही गाउँपालिका– ५ बस्ने ६० वर्षीय जोगेन्द्र यादव र औरही गाउँपालिका– ३ बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स.५ प ३१४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टिबाट खटिएको प्रहरीले  जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः पुस १६, २०७८
    • ११५ पटक पढिएको
  • बसोबास गर्दै आएका मुसहरलाई उठीबासको चिन्ता

    सिरहा, पुष १६ गते – पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिका(५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छन् । स्थानीयवासी रमानन्द चौधरीले सदा परिवार बसिरहेको जग्गा खाली गर्न भनेपछि उनीहरूलाई समस्या भएको हो ।‘वर्षौंदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौँ ।’ सदाले भने, ‘अहिले आएर चौधरीले यो जग्गा मेरो हो भन्दै जग्गा खाली गर्न भने, पछि त अदालतमा पनि मुद्दा हाल्नुभयो ,अहिले कहाँ जाने भन्ने समस्या परेको छ ।’ यहाँबाट विस्थापित नै हुन्छ कि भन्ने चिन्तामा डुबेको उनको दुखेसो छ । आफूहरूसँग नम्बरी जग्गा छैन, त्यसैले पोखरीको डिलमा फुसको छाप्रो बनाई बस्दै आएका

    • प्रकाशित मितिः पुस १६, २०७८
    • १४९ पटक पढिएको
  • सिरहाको गोलबजारमा आजदेखि गोल्ड कप शुरु

    अनुभक्त चौधरी, सिरहा, पुस १५ गते । सिरहाको गोलबजारमा आजदेखि प्रथम गोलबजार फुटबल गोल्ड कप शुरु भएको छ । सिरहा, सप्तरी, सिन्धुली, महोत्तरी, उदयपुर र धनुषा (६ जिल्ला) का आठ वटा टीमको सहभागिता रहेको उक्त गोल्ड कप पुस २३ गते सम्पन्न हुनेछ । राजदेवी युवा क्लव गोलबजारद्वारा संचालित फुटबल गोल्ड कप प्रतियोगीतामा प्रथम हुनेलाई एकाउन्न हजार नगद सहित शिल्ड प्रमाणपत्र तथा द्वितीय हुनेलाई ३१ हजार नगदसहित शिल्ड प्रमाणपत्र तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।आजको उद्घाटन खेल आयो गोर्खाली फुटबल क्लव महोत्तरी र गोलबजार प्रतिभा क्लव बीच भएको थियो । आजको खेलमा गोलबजार प्रतिभा क्लवलाई दुई गोलको विरुद्ध त

    • प्रकाशित मितिः पुस १५, २०७८
    • २०६ पटक पढिएको
  • रेल कहिले चल्छ ?

    सिरहा,पुष १५ गते – भारतको जयनगरबाट जनकपुरसम्म रेल चल्ने कुरा विगत ३ वर्ष अघिदेखिको हो। तर, अहिलेसम्म रेल नचल्दा यस क्षेत्रका स्थानीयको रेल चढ्ने आशा निराशामा परिणत भएको छ। ‘उमेरले अब साथ दिन छोड्यो, मोटरसाइकलमा आउँदाजाँदा समस्या हुन्छ। रेल चढेर जानकी मन्दिर दर्शन गर्ने इच्छा छ तर रहर पूरा हुने छाँटकाँट छैन,’ जनकनन्दनी गाउँपालिकाकी ८० वर्षीया जोगनी दासले भनिन्, ‘रेल नचल्दा जनकपुर बजार नपुगेको झण्डै १० वर्ष जति हुन लाग्यो।’ सोही गाउँपालिकाकै ८० वर्षीय मो। हामिद साफीको पनि रेल चलेको हेर्ने मन छ। उनले भने, ‘रेल चलाउने कुरा सुनेको सुन्यै छु। तर, खै कहिले आउँछ रेल रु’ त्यस्तै, रेल नचल्दा न

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १६२ पटक पढिएको
  • समानता रणनितिको मस्यौदा सम्वन्धि छलफल सम्पन्न

    सिरहा,पुष १४ गते । सिरहाको लहानमा लैंगिक समानता रणनितिको मस्यौदा सम्वन्धि छलफल भएको छ । ओरेक परियोजना कार्यालय सिरहाको आयोजना र लहान नगरपालिकाको सहकार्यमा  लैंगिक समानता रणनिति सम्वन्धि मस्यौदा तयार गर्ने विषयमा छलफल गरेको छ । ओरेककी अध्यक्ष रामबती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लहान नगरपालिका प्रमुख मुनि साह रहनु भएको थियो । यस्तै बिशिष्ट अतिथि लहान नगरपालिका उपप्रमुख सरियार चौधरी र लहान नगरपालिकाको प्रशासकिय अधिकृत लगायतका उपस्थित रहेका थिए । उक्त कार्यक्रममा लहान नगरपालिकाका २४सै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्यहरुको सहभागितामा ओरेक परियोजना कार्यालय सिर

    • प्रकाशित मितिः पुस १४, २०७८
    • १५४ पटक पढिएको
  • नेपाली सेनाद्वारा वृक्षरोपण

    सिरहा, पुष १३ गते – नेपाली सेनाले सप्तरीको रुपनी गाउँपालिका ५ स्थित चुरे क्षेत्र अन्तर्गतको दुधैला खोलामा विभिन्न प्रजातिका चार हजार बिरुवा रोपेका छन । भीमदल गणको अभ्यास इलाका रहेको सो क्षेत्रमा डिभिजन बन कार्यालय सप्तरीसँगको सहकार्यमा प्रमुख अतिथि २७ नं। बाहिनीपति सहायक रथी हेमराज केसी र सप्तरीका प्रजिअ जनार्दन गौतमले वृक्षरोपण कार्यको शुभारम्भ गरेका हुन् ।चुरे क्षेत्रको संरक्षणको लागि टेवा पु¥याउने उद्देश्यले गरिएको वृक्षरोपणमा तेजपत्ता नौ सय बोट, मगहनी– १२ सय बोट, मसला– एक हजार बोट र खयरको ९ सय बिरुवा गरी जम्मा चार हजार बिरुवा बृक्षरोपण गरिएको भिमदलगणका गणपति प्रमुख सेनानी निरज भण्डारीले बत

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १७७ पटक पढिएको
  • सिरहाका प्रहरी प्रमुखलाई जनकारबाही गर्ने धम्की

    सिरहा,पुष  १३ गते – जनमत पार्टीका प्रमुख सीके राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत  सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई  जनकारबाही गर्ने धम्की दिइएको हो ।मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको छ । यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने धम्की दिएको हो । फेसबुक पेजमा भनिएको छ, ‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्प

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १९४ पटक पढिएको
  • लागुऔषधसहित एक जना पक्राउ

    वीरगन्ज, पुष १३ गते – भारतबाट ठूलो परिणाममा लागुऔषध लिएर आउँदै गरेका एक किशोरलाइ प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका(१५ बाइपास सडकबाट मंगलबार बिहान प्रहरीले वीरगन्ज(१३ मुर्लीका १९ वर्षिय विक्रम सर्राफलाइ लागुऔषधसहित पक्रेको हो । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले रक्सौलबाट पैदल आउँदै गरेका सर्राफलाइ रोकेर उनीसंग रहेको झोला चेकजाँच गरेको थियो । त्यस क्रममा झोलाबाट लागुऔषध नुफ्रिन ३ सय ५० एम्पुल, डाइजीपाम ३ सय ५० एम्पुल र फेनारगन ३ सय ५० एम्पुल गरी १ हजार ५० एम्पुल लागुऔषध बरामद भएको हो । लागुऔषधसहित पक्राउ परेका सर्राफलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा र

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १४७ पटक पढिएको
  • जानकी मन्दिरले तिरेन विद्युत् महसुल

    सिरहा,पुष १३ गते – जानकी मन्दिरको विद्युत् बक्यौता ८१ लाख रुपैयाँ नाघेको छ। जानकी र सँगै रहेको लक्ष्मण मन्दिरले २०७१ सालपछि महसुल तिरेका छैनन्। लामो समय बक्यौता रहेका कारण नेपाल विद्युत् प्राधिकरणले बेलाबेलामा मन्दिरको लाइन नै काटिदिने गरेको छ। पछिल्लो समय चाडपर्वमा जेनरेटर प्रयोग गरी बत्ती बाल्ने गरिएको छ। तर, मन्दिर व्यवस्थापनले पुरानो बक्यौता तिर्न चासो देखाएको छैन। भक्तजनले चढाएको भेटी, विवाह मण्डपको टिकटबाट आउने आम्दानी, विद्युतीय चलचित्र म्युजियम, दर्जनभन्दा बढी पोखरी र सटर भाडाबाट वार्षिक डेढ करोडभन्दा बढी आम्दानी हुनेगरेको छ। ‘भेटी र पूजापाठबापत आउने रकमबाट महसुल बुझाउने गरी व्यवस

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १४२ पटक पढिएको
  • नेपाली कांग्रेसको ७० सदस्सीय कार्यसमिति (मतपरिणाम सहित)

    जनकपुर, पुष १३ गते –  करिव सात दिनको निर्वाचन प्रक्रिया पश्चात नेपाली कांग्रेस प्रदेश २ को ७० सदस्सीय कार्यसमितिको टुङ्गो लागेको छ । मतगणना सोमवार विहानै सम्पन्न भएपनि सोमवार अवेर राती निर्वाचन समितीले मतपरिणाम टाँस गरेर केन्द्रिय सदस्यहरुको मतपरिणाम र निर्वाचितको औपचारिक घोषणा गरेको हो । कुल १९ सय ३८ मतदाता मध्ये निर्वाचनमा १८ सय ८१ मत खसेको थियो । प्रस्तुत छ नेपाली कांग्रस प्रदेश २ को ७० सदस्यीय कार्यसमिति र मतपरिणाम स्कृष्ण प्रसाद यादव : सभापतीबिरेन्द्र प्रसाद सिंह : उपसभापतीचन्द्रशेखर यादव :  उपसभापतीउपेन्द्र कुमार यादव : महामन्त्रीबृहस्पति कृष्ण श्रेष्ठ :  महामन्त्रीजय नारा

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १५९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२