X wada

मुख्य समाचार

    Showing ३२१-३३० of २,९६८ items.
  • १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खड्क नगरपालिका प्रथम

    सप्तरी,फाल्गुन २९ गते । सप्तरी जिल्लाको खड्क नगरपालिका वडा नं. १० स्थित श्री ५ महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खडक नगरपालिका प्रथम भएको छ ।तिन दिनसम्म चलेको जिल्ला स्तरीय खेलमा दश स्वर्ण, चार रजत र सात कास्य पदक ल्याई प्रथम भएको हो । त्यसै गरी सुरुङ्गा नगरपालिकाले सात स्वर्ण, एघार रजत र चार कास्य पदक  प्राप्त गरी दोस्रो तथा बोदेवरसाईन नगरपालिकाले नौ स्वर्ण, आठ रजत र तीन कास्य पदक ल्याई तेस्रो भएका छन् ।खडक नगरपालिकाका नगर  प्रमुख जयप्रकाश चौधरीले विजेताहरुलाई शिल्ड, कप, मेडल र प्रमाण पत्र तथा दोस्रो तेस्रो भएका खेलाडिहरुलाई

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • ९९५ पटक पढिएको
  • जिल्ला स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शूरु

    सिरहा,फाल्गुन २६ गते । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद नारा दिंई सप्तरी जिल्लाको खड्क नगरपालिका वडा नं. १० स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको प्रांगणमा आजदेखि १४ औंं जिल्ला स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु भएको छ । १८ वटा स्थानीय तह रहेको सप्तरी जिल्लाका ७ वटा नगरपालिकाका छात्र छात्राहरुको खेलमा सहभागी रहेको छ । एथलेटिक्स, ज्यावालिंग थ्रो, भलिवल, लंग जम्प, हाई जम्प, कवड्डी, कराँते लगायतको खेलाइने खेलमा प्रत्येक पालिकाका ५८ जना छात्र छात्राहरुले भाग लिएको खेलकुद विकास समितिका प्रमुख दिनेश भुजेलले जानकारी दिनुभयो ।  तीन दिनसम्म खेलाइने खेलको अन्तिम खेल

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • ५०८ पटक पढिएको
  • घरभित्रै महिलाको हत्या

    सिरहा,फाल्गुन २६ गते ।सिरहाको गोलबजारस्थित वडा नं. ६ का ३६ वर्षीय अनिता कुमारी साहको शुक्रबार राति धारिलो हतियार प्रहार गरी घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको छ । धारीलो हतियारले गर्दन काटीएको र सिलौटो टाउकोमाथि बजारीएको अवस्थामा घरभित्र सुत्ने खाट नजिकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घटनाको गहिरो छानविन भइरहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय सिकिन्दर साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल संचालन गरी श्रीमान महेन्द्र कुमार साहसँगै उनी बसोबास गर्दै आएकी थिइन् । मृतकका श्रीमान् महेन्द्र साह यस अघि पनि आपराधीक घटनामा जेल परेको स्थानीयल

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • ९६६ पटक पढिएको
  • बिमा दावी रकम भुक्तानी

    सप्तरी, फल्गुन २३ गते । हिमालयन लघुवित्तको शाखा कार्यालय खरचुहिया,सप्तरी बाट बिमा दावी रकम भुक्तानी गरेको छ । यस संस्थामा आवद्ध रहेकी सदस्य स्व।बबिता देवी चौधरी र श्रीमान स्व। संजय कुमार चौधरी को मृत्यू पश्चात मृतकको परिवार लाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।सप्तरी जिल्ला खडक नगरपालीका वडा नं.३ बनरझुल्लामा रहेको केन्द्र नं.५ कि सदस्य बबिता देवी चौधरी ले यस संस्थाबाट ३० हजार रुपैयाँ कर्जा लिई किराणा पसल र पान पसल चलाउदै आईरहेकी थिईन । सदस्य र सदस्यको श्रीमान् को मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरि कर्जा बिमा अन्तर्गत बिमितको मृत्यू पश्चात दिइने थप ३

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • ७७४ पटक पढिएको
  • सुरक्षित आवास हस्तान्तरण

    अनुभक्त चौधरीसिरहा,फाल्गुन २३ गते । सिरहाको लहान नगरपालिका वडा नं. १५ स्थित मेनहर्वामा नगरपालिका र दातृ निकायबाट दलित विपन्न परिवारको लागि निर्मित २२ वटा घर एक कार्यक्रमका विच हस्तान्तरण भएको । सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत लहान नगरपालिकाको छयालिस लाख र हिल्टी फाउण्डेशनको सहयोगमा ह्याविट्याट फर ह्युम्यानिटी नेपालको चौवालिस लाख र सेवाग्राहीहरुको श्रमदान गरी उन्नानसय लाख ८६ हजारको लागतमा उक्त घरहरु निर्माण भएका हुन । विपन्न दलित तथा मजदुरलाई सुरक्षित घरमा बस्ने सपना साकार गर्ने उद्देश्यले घर निर्माण गरी हस्तान्तरण गरिएकोे लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरीले वताउन

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • २९७ पटक पढिएको
  • दुई जनाको शव फेला

    जनकपुर,फाल्गुन २३ गते । धनुषाको मिथिला नगरपालिकामा दुई दिनको अवधिमा दुई जनाको शव भेटिएको छ । मिथिला नगरपालिका–६, ढल्केबरमा  मागी खाने एक महिलाको शव सोमबार भेटिएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार होटल तथा पसलमा गएर मागी खाने क्षीरेश्वरनाथ नगरपालिका–७, दुर्गाटोलकी अन्दाजी ४० वर्षीया राधा बस्नेतको शव भेटिएको हो । घटनास्थलको मुचुल्का गरी ती महिलाको शव उहाँका श्रीमान् कालीप्रसाद बस्नेतलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । मानसिक सन्तुलन बिग्रेकी ती महिला विगत पाँच/छ वर्षदेखि ढल्केबर र वरपरको गाउँ डुलेर मागी खाने गर्दैआएकी थिइन् । यस्तै, मङ्गलबार साँझ मिथिला

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • १५१ पटक पढिएको
  • सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    सिरहा,फालगुन २० गते । हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकाका केही स्थानहरूमा बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • १७३ पटक पढिएको
  • नेपालबाट गाँजा र रक्सी, भारतवाट लागू औषध ओसार पसार

    सिरहा,फालगुन २० गते । तराई मधेश जोड्ने सीमावर्ती क्षेत्रमा तस्करी फ्स्टयाउँदै गएको छ । भारतको विहारमा रक्सी पूर्ण रुपमा बन्देज गरिएपछि नेपालवाट दिनहुँ जसो रक्सी र गाँजा निर्यात हुने गरेको छ भने भारतवाट लागू औषध ओसार पसार गर्ने क्रम बढ्दै गएको छ । भारत र नेपालको सीमा जोडिने नाकाहरु मध्ये सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका विभिन्न नाका भएर दिनहुँ मदिरा र गाँजा र भारतबाट लागू औषध विभिन्न नाका हुँदै ओसार पसार हुँदै आएको छ ।लागू औषधमा धनुषा लगायत अन्य जिल्लाका अधिकारीहरुले कडाइ गरे पनि ओसार पसार गर्ने क्रम भने रोकिएको छैन् । मदिरा र गाँजा प्रहरीकै मिलेमतोमा भारत पठाउने ग

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • २२२ पटक पढिएको
  • आजदेखि करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

    सिरहा,फालगुन १३ गते । आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ। खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ। यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ। खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइने छ।  स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभ

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • १,१६३ पटक पढिएको
  • सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    सिरहा,फालगुन १३ गते । सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को।१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।एम्बुलेन्सबाट २७३ किलो गाँजा सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो । गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए । 

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • २०६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२