सिरहा,असार २८ गते । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् । पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ ।पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति सवा १० बजेतिर ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्न राधिका परियारको ज्यान ग
सिरहा,असार २० गते । पर्साको जगरनाथपुर गाउँपालिका नजिक नेपाल(भारत सीमामा पर्ने ओरिया खोला नजिक गाडिएको अवस्थामा फेला परेका दुईजनाको हत्या अन्धविश्वासकै भरमा गरिएको खुलेको छ ।गत जेठ २३ मा माटोमा गाडिएको अवस्थामा बाराको कलैयाका रामएकवाल पण्डित कुम्हाल र आदर्शकोतवाल घर भई कलैया बस्दै आएका सुरेश ठाकुरको शव फेला परेको थियो । प्रहरीले उनीहरूको हत्यामा संलग्न ३ जनालाई २३ दिनपछि पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पर्साको जगरनाथपुर गाउँपालिका ५ का सन्तोषप्रसाद कुम्हाल, सोही ठाउँका महादेव महतो नुनिया र बाराको कलैयाका लक्ष्मण प्रजापति छन् । लक्ष्मणका भिनाजु हुन् सन्तोष ।मृतक रामएकवाल लक्ष्मणका सहोदर काका
जनकपुरधाम,असार १७ गते । धनुषाको पुर्वी भेगमा रहेको नगरपालिका हो कमला । धनुषा र सिरहाको सिमाना रहेको कमला नदीले घेरिएको नगर हो कमला । कमला नगरपालिका शिक्षा,स्वास्थ्य,पूर्वाधार लगायत सवै हिसावले निकै पछाडी रहेको विभिन्न तथ्यांकले देखाएको छ । जनप्रतिनिधिले संचालन गरेको यो दोश्रो कार्यालय चल्दै छ तर पालिकाको आफनै सुविधा सम्पन्न भवन वन्न नसकेको प्रति स्थानीयहरु चिन्ता जाहेर गरेको छ । आइतबार कमला नगरपालिकाले यूएसएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा प्रथम नगर स्तरीय किशोर किशोरी सम्मेलन १५ बुदें प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन
सिरहा,असार ११ गते । वन अतिक्रमण गरी चारकोठे बनाएको भवन डिभिजन वन कार्यालय सिरहा,लहानले भत्काएको छ । साविक चन्द्रउदयपुर हाल गोलबजार नगरपालिका वडा नं.९ चोहर्वा व्यारेक नजिक सत्यदेव यादवले वन अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन भत्काएको हो ।घर निर्माणाधिन अवस्थामै वडा कार्यालय र वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दा गर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज घर भत्काएको डिभिजनल वनकार्यालय लाहानका डिभिजनल वन अधिकृत सुजीत कुमार झाले बताउनु भयो ।्उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै
सिरहा, असार १० गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका वडा नं. ३ का २८ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ । होटल संचालक धर्मा महतोका अनुसार विहान ९.३० बजे एक जना महिलासँग मृतक कामती होटलमा प्रवेश गरेको जानकारी दिनुभयो । धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामतीको मृत शरीर देखिएपछि प्रहरीलाई खबर गरेको होटल संचालक महतोले जानकारी दिनुभयो । मृतक कामती वैदेशिक रोजगारीबाट आज विहान घर फर्किएको परिवारजनले जनाएको छ । मृतका बुवा रामनारायण कामतीले विदेशबाट
असार १० गते । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लाका प्रजिअहरुलाई त्यस्तो निर्देशन गरिएको गृह मन्त्रालयका प्रवक्ता ९सहसचिव० नारायणप्रसाद भट्टराईले जानकारी दिए ।सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । ती जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएपछि वडास्तरबाट नै परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको सहसचिव भट्टराईले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन् ।गृह मन्
सिरहा,असार ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने भएको छ ।अहिले नतिजा प्रकाशनअघिको तयारी भइरहेको र अर्को हप्ताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गर्ने तयारी छ । विद्यार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ । दुई विषयसम्म नन ग्रेडेड ९एनजी० ल्याउनेलाई ग्रेडवृद्धिको मौका दिइने कार्यालयले जनाएको छ ।
काठमाडौं आसर ५ गते । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैलाई गोली हानेका छन्। ड्युटीमा रहेका बेला बुधबार बिहान ८ बजेतिर २२ वर्षीय अजित गोलेले आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा हानेर आत्महत्या गरेको प्रहरी स्रोतले जनाएको छ।संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थी खटिएका उनको घटनास्थलमै मृत्यु भएको हो। बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले ८स्१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।दोलखाको मेलुङ गाउँपालिका(४ घरका गोले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद स
सिरहा,असार २ गते । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विस्तृत आयोजना प्रतिवेदन, इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव अध्ययन विना गरिने भौतिक पूर्वाधार विकासले चुरे पहाड कमजोर भएको वताउनुभएको छ । आज सिरहाको मिर्चैैया नगरपालिका वडा नं. ७ स्थित लक्ष्मी सामुदायिक वनमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयले दशौं चुरे संरक्षण दिवसकोे अवसरमा आयोजना गरेको वृहत् वृक्षारोपण समारोहमा प्रधानमन्त्री दहालले उक्त कुरा वताउनुभएको हो । प्रधानमन्त्री दहालले तीनै तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावी पुस्ताको बाँच्न पाउने अध
सिरहा,असार २ गते । सिरहाको वरियारपट्टीमा एक अपरिचित व्यक्तिको लाश फेला परेको छ ।बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ सिबनगर र देउरीपट्टी बिचमा शिसो झारीमा एक युवतीको लाश फेला परेको छ ।बिहान ११ बजे स्थानीयहरु हिंड्डुल गर्दा मृत्यु अवस्थामा अन्दाजी २५ वर्षको युवती देखेपछि प्रहरीलाई खबर गरेका थिए । “घटना हेर्दा घाटीमा धारिलो हतियार प्रयोग गरेको देखिन्छ।लाशलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी गरेरको र घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी रमेश पंडितले बताउनुभयो ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.